१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रोबर्ट कम्पाला
२o८१ बैशाख २० बिहीबार १o:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

जलवायु परिवर्तनमा भइरहेको बेवास्ताले निम्त्याउँदै छ हैजा

Read Time : > 2 मिनेट
रोबर्ट कम्पाला
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२२:oo

औँ शताब्दीमा हैजाबाट हुने हरेक संक्रमण र प्रत्येक मृत्युलाई रोक्न सकिन्छ । तैपनि आजसम्म संसारभरका बालबालिका अझै पनि रोगबाट पीडित छन् र अनावश्यक रूपमा उनीहरूको मृत्यु भइरहेको छ । जलवायु परिवर्तनले स्थितिलाई अझ खराब बनाउँदै छ । जलवायु परिवर्तनसँग सम्बन्धित चरम मौसम र यसले निम्त्याउने विनाश विश्वभर समाचारको शीर्षक बनिरहेको छ । तैपनि जलवायु आपत्कालको गहिरो स्वास्थ्य प्रभाव अझै खुलासा हुन बाँकी छ ।

हैजा एक झाडापखालाजन्य रोग हो, जुन सफा पानीको पहुँच सीमित भएका ठाउँमा फैलिन्छ । मानिसले दूषित पानी पिउँदा यसको जोखिम बढी हुन्छ । सरसफाइको कमी र अस्वस्थ अभ्यासले पनि यसको फैलावटलाई गति दिन्छ । हैजा पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ, तर अत्यन्त खतरनाक पनि छ, जसले गम्भीर निर्जलीकरण, पखाला र बान्ताजस्ता लक्षण निम्त्याउँछ । यसको उपचार भएन भने केही घन्टामै बिरामीको मृत्यु हुन्छ ।

जलवायु परिवर्तनसँगै यो जीवाणुजन्य रोगले विश्वभरका कमजोर समुदायका लागि खतरा खडा गरेको छ । हालैका वर्षमा जलवायु संकट झन् गम्भीर बन्दै गएपछि विश्वभर हैजा प्रकोपको संख्यामा पनि ठूलो वृद्धि भएको छ । हामीले विभिन्न देश र समुदायमा आँधी, भारी वर्षा र बाढीले पानी र सरसफाइका पूर्वाधारमा क्षति पु¥याउने र हैजाको प्रकोप निम्त्याउने गरेको बारम्बार देखेका छौँ । युनिसेफका अनुसार २०२२ मा ३० देशले हैजाको प्रकोपको सामना गरेका थिए, जुन अघिल्लो पाँच वर्षको तुलनामा १४५ प्रतिशतले बढी हो ।

जलवायु परिवर्तनसँगै जीवाणुजन्य रोगले विश्वभरका कमजोर समुदायमा जोखिम बढाएको छ 

जाम्बियाले हाल १८ हजारभन्दा बढी पुष्टि भएका संक्रमणसँगै यसको सबैभन्दा खराब हैजा प्रकोप अनुभव गरिरहेको छ । यस रोगले पहिले नै ६ सयभन्दा बढी मानिसको ज्यान लिइसकेको छ, जसमध्ये एकतिहाइ बालबालिका छन् र सहायता निकायले देशमा ‘अनियन्त्रित स्वास्थ्य संकट’को चेतावनी दिएका छन् । जाम्बियाजस्तो कम विकसित देशहरूमा हैजाको कारणले निम्त्याएको पीडाले विश्वव्यापी समाजभित्रको गहिरो असमानता र गरिब समुदायमा पानी, सरसफाइ र स्वच्छता पहुँचको अपर्याप्ततालाई उजागर गर्दछ ।

जाम्बियाको पूर्वमा रहेको छिमेकी मलावी संसारको सबैभन्दा कम विकसित देशमध्ये एक हो । सन् २०२३ मा हैजाले यस देशलाई ठूलो असर गरेको थियो । अहिले यो देश ठूलो हैजाको प्रकोपबाट ‘रिकभर’को प्रक्रियामा छ । गत वर्षको प्रकोप मलावीको इतिहासमा सबैभन्दा खराब र पछिल्लो दशकमा अफ्रिकाले देखेको सबैभन्दा खराब अवस्था थियो । तीन विनाशकारी आँधी (चक्रवात फ्रेडी, ट्रपिकल चक्रवात गोम्बे र उष्ण कटिबन्धीय तुफान ऐना)पछि हैजाले देशलाई प्रभावित ग¥यो र रिकभरीलाई गम्भीर रूपमा बाधा पुर्‍यायो । प्रकोपमा लगभग ५९ हजार केस र १७ हजार मृत्यु रेकर्ड गरिएको थियो । तर, धेरै केस रिपोर्ट नगरिएकाले यो संख्या निश्चित रूपमा कम हो ।

तर, पनि यो पीडा अनावश्यक छ । सुरक्षित पानी, सरसफाइ र सरसफाइमा पर्याप्त पहुँच र लगानीको माध्यमबाट हैजाको संक्रमण रोक्न सकिन्छ । यसलाई दिगो रूपमा रोक्न सकिन्छ । यो संकट दक्षिणी अफ्रिकामा मात्र सीमित छैन, हामी इथियोपियामा पनि हैजाका केसहरूमा वृद्धि देखिरहेका छौँ ।

युरोप र उत्तरी अमेरिकाका देशहरू (एकपटक यस रोगबाट निकै कष्टकर बनेका थिए) लामो समयदेखि उनीहरूको सम्पूर्ण जनसंख्याका लागि सुरक्षित पानी र सरसफाइ सेवाको प्रावधानमार्फत हैजाको जोखिमलाई हटाएका छन् । यी सफलता आज हैजासँग लडिरहेका देशमा दोहोरिनुपर्दछ । दक्षिणी अफ्रिकामा विनाशकारी, रोकथाम गर्न सकिने हैजाको प्रकोप सबै सरकार र विकास साझेदारलाई पानी, सरसफाइ र सरसफाइका लागि कोष बढाउनका लागि जागरणको आह्वान हुनुपर्छ ।

पानी, सरसफाइ, सेवा र पूर्वाधारमा लगानी गर्नु सरकारको आर्थिक हितमा छ किनभने हैजाको प्रकोप व्यवस्थापनको लागत रोकथामको खर्चभन्दा धेरै हुन्छ । सन् २०३० सम्म ‘सबैका लागि सफा पानी र सरसफाइ’ हासिल गर्ने छैटौँ संयुक्तराष्ट्र संघीय दिगो विकास लक्ष्य गम्भीर रूपमा ट्र्याकबाहिर छ । यो लक्ष्य हासिल गर्नका लागि प्रगतिको गति विश्वव्यापी रूपमा छ गुणा र कम विकसित देशहरूमा बीस गुणा बढ्नुपर्छ । तत्कालका लागि सफा पानीमा दिगो लगानी र सबैका लागि हैजा मुक्त भविष्यको आवश्यकता छ ।
– अलजजिराबाट

ad
ad