५० वर्षपछि ‘ढुंगे बगर’को रिमेक

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

वरिष्ठ लोकगायक, संकलक तथा सर्जक लालबहादुर खाती तथा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापाको स्वर रहेको कालजयी नेपाली लोकगीत ‘ढुंगे बगर... माया ढुंगे बगर...’लाई रिमेक गरिएको छ । यो गीत करिब ५० वर्षअघि रेडियो नेपालमा रेकर्ड भएर श्रोतामाझ ख्याति कमाउन सफल भएको थियो ।

गीतलाई सर्जक, वरिष्ठ लोकगायक तथा संकलक स्वर्गीय लालबहादुर खातीप्रति समर्पित गर्दै गायिका तीर्थकुमारी थापाको स्वरमा रिमेक गरिएको हो । रिमेक भर्सनमा गायिका तीर्थकुमारी थापालाई युगल गायनमा सुरजकुमार थापाले साथ दिएका छन् ।  

सुझावित समाचार