Skip This
हाफ म्याराथनमा विजय र पुष्पा पहिलो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हाफ म्याराथनमा विजय र पुष्पा पहिलो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:५५:oo

विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् । विजयले निर्धारित दूरी १ घन्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३औँ सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्डका साथ दोस्रो भए । 

हङकङमा भएको तेस्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घन्टा ११ मिनेट ३३ सेकेन्डमा तेस्रो भएका छन्ु । महिला दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् । 

दोस्रो स्थानमा रहेकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेस्रो भइन् । पुरुष र महिला दुवैमा शीर्षमा रहेका खेलाडीले ७५ हजार रुपैयाँ हात पारे । दोस्रोले ५० हजार र २५ हजार रुपैयाँ पाए ।

पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोस्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेस्रो भए । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउँदै शर्मिला बस्नेत पहिलो भइन् । 

ad
ad