१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले उम्मेदवार सुहाङ चुनावकेन्द्रित अभियानमा

बैठक, अन्तरक्रियादेखि मतदाता भेटघाटमा सकृय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:११:oo

आगामी १५ वैशाखमा हुने इलाम- २ को संघीय उपनिर्वाचनमा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जिल्लाकेन्द्रित चुनावी अभियान सुरु गरेका छन्। काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गरेका नेम्वाङले शुक्रबारसम्म चुनावकेन्द्रित भेटघाट र बैठकहरूमार्फत चुनावी अभियान सुरु गरेका हुन्।

इलाम- २ प्रदेश सभा ख का एमाले सांसद तथा कोशी प्रदेशका कृषिमन्त्री राम रानाका अनुसार उनले बुधबार बेलुकी दमकस्थित दमक क्याम्पसमा अध्ययन गर्ने इलामका विद्यार्थीहरूसँग पहिलोपटक चुनावकेन्द्रित अन्तर्क्रिया र भेटघाट गरेर अभियान अगाडि बढाएका हुन्। बिहीबार बिहान इलाम पुगेका उनी शुक्रबारसम्म त्यस्तै प्रकृतिका भेटघाट, अन्तर्क्रिया र बैठकहरूमा व्यस्त रहे। यसबीचमै उनले पार्टीको इलाम र देउमाई नगर कमिटीको बैठकमा भाग लिएर स्थानीय मंगलबारे र सदरमुकामस्थित इलाम बजारमा मतदाता भेटघाट र सामाजिक व्यक्तित्वहरूसँग भेटघाट र अन्तर्क्रिया गरेका छन्। त्यस्तै, माङसेवुहाङवासीसँग पनि उनले भेटघाट गरेका छन्।

सुहाङसँगै अभियानमा सक्रिय रहेका मन्त्री रानाले विशेषत: नेम्वाङले नयाँ पुस्ताका युवाहरूसँग बढी अन्तर्क्रिया र भेटघाट गरिरहेका छन्। ‘युवा जमातले उहाँसँग प्रश्न सोध्ने, अन्तर्क्रिया गर्ने गरिरहेका छन्, उहाँ पनि युवा नै भएकाले युवाहरूको जिज्ञासा र समाधान गर्ने कामले अभियानमा उत्साह नै थपिएको छ,’ रानाले भने, ‘उहाँप्रति नकारात्मक टिप्पणी गर्ने र फरक बुझाइ रहेका पार्टीपंक्तिभित्रकै कतिपय व्यक्तिहरूसँग पनि पार्टी नेताहरूसहित बसेर उहाँले अन्तर्क्रिया र छलफल गर्नुभएको छ, त्यसले बुझाइमा एकरूपता देखिएकाले सिंगै पार्टी एकढिक्का भएर अगाडि बढ्ने वातावरण बनेको छ।’

सुहाङले चुनावकेन्द्रित अभियान सुरु गरिसके पनि एमाले जिल्लाले भने चुनावी प्रचार अभियान सार्वजनिक गरिसकेको छैन। रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। तर कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने उम्मेदवार तय गरिसकेका छैनन्। २४ चैतमा उम्मेदवारी मनोनयनपछि जिल्लाले अलग्गै चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमको तालिका बनाएर अघि बढाउने एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए। ‘अहिले एक हिसाबले चुनावी प्रचारको वार्मिङ चलिरहेको छ,’ धमाधम वडा तहसम्म चुनावी रणनीति बनाउने गरी बैठकहरू चलिरहेका छन्, यो चरण सकिएपछि व्यवस्थित ढंगले प्रचार अभियान अगाडि बढ्छ,’ खतिवडाले भने, ‘हामीले त्यहीअनुसार जिल्लालाई निर्देशित गरेर समन्वय गरिरहेका छौँ।’

गत ११ चैतमा बसेको केन्द्रीय सचिवालय बैठले उनलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो। उनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङका कान्छा पुत्र हुन्। गत २६ भदौमा हृदयघातबाट सुवासको निधन भएपछि इलाम–२ रिक्त थियो। पछिल्लो निर्वाचनमा सुवास कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई १ सय १४ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका थिए। सुवासले ३० हजार २० मत प्राप्त गरेका थिए।

कानुनमा स्नातक सुहाङ संविधानसभा अध्यक्ष स्वर्गीय सुवासका कान्छा छोरा हुन्। कानुन विषयमा स्नातक ३२ वर्षीय सुहाङ पेसाले वकिल पनि हुन्। उनलाई एमालेले एक महिनाअघि केन्द्रीय कानुन विभाग सदस्य मनोनीत गरेको थियो। कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर नेपालमार्फत उनले वकालत पेसा गर्दै आएका थिए।

ad
ad