१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वसन्तकालीन हिमाल आरोहणको अनुमति दिन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१५:oo

सरकारले वसन्तकालीन सिजनमा हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ । मंगलबारसम्म ६ वटा हिमाल आरोहणका लागि नौ टिमबाट ६८ जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ । जसमा २१ जना महिला आरोही रहेका छन् ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई टिमबाट पाँच महिलासहित २३ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण प्रथम (८,०९१ मि.) आरोहणका लागि २४ आरोहीले अनुमति लिएका छन् भने आमादब्लम (६,८१४ मि.) आरोहणका लागि आठ, हिमलुङ (७,१२६ मि.) आरोहणका लागि पाँच, जुगल ३ (६,१८४ मि.) आरोहणका लागि एक र पुथा हिउँचुली (७,२४६ मि.) आरोहण गर्न सातजनाले अनुमति लिएको विभागले जनाएको छ ।

अहिलेसम्म अनुमति लिएका आरोहीबाट चार करोड ६ लाख रुपैयाँ रोयल्टी उठेको छ, जसमध्ये तीन करोड ३७ लाख रुपैयाँ सगरमाथा आरोहीबाट उठेको हो । सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर र नेपालीले ७५ हजार तिर्नुपर्ने हुन्छ ।

वसन्त सिजनमा सबैभन्दा धेरै सगरमाथा चढ्ने गर्छन् । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उत्तम मानिन्छ । अरू सिजनमा सगरमाथा आरोहण गर्ने फाट्टफुट्ट मात्र हुने गर्छन् । रोयल्टीमा पनि सबैभन्दा धेरै योगदान सगरमाथाकै हुने गर्छ ।

६ हिमाल आरोहण गर्न  ६८ जनाले पाए अनुमति
सगरमाथा : २३
अन्नपूर्ण : २४
आमादब्लम : ८
पुथा हिउँचुली : ७
हिमलुङ : ५

 

ad
ad