१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विराट गोल्डकप : आज आर्मी र एनआरटी भिड्ने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५५:oo

आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबाार विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुँदै छ।

एनआरटीले केही दिनअघि धरानमा सम्पन्न २४औँ बुढासुब्बा गोल्डकपमा आर्मीलाई २–१ गोलले पराजित गरी उपाधि जितेको थियो।  आर्मी बुढासुब्बा गोल्डकपको हारको बदला लिने योजनाको साथ आज मैदान प्रवेश गर्नेछ। यता एनआरटीले पनि यो सिजनको दोस्रो गोल्डकपको उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वास लिएको छ।

बिहीबारको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगिसकेको छ। आरटिएफसीले शनिबार पहिलो क्वार्टरफाइनल खेलमा घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा विदेशी तीन टिमसहित स्वदेशी ‘ए’ डिभिजनका गरी कुल १० टिमको सहभागिता छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

ad
ad