१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भिटामिनको कमीले क्यान्सरको जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४४:oo

शरीरमा आनुवंशिक, वातावरणीय र जीवनशैलीलगायत विभिन्न कारणले हुने कोषिकाको अनियन्त्रित वृद्धि र प्रसार क्यान्सर हो । शरीरमा आइरहने विभिन्न परिवर्तनले पार्ने असरले क्यान्सरका कारकलाई बढावा दिइरहेको हुन्छ । शरीरमा खनिज र भिटामिनको कमीका कारणसमेत क्यान्सरको जोखिम बढ्ने अध्ययनले देखाएका छन् । 

भिटामिन सी : भिटामिन सी, जसलाई एस्कर्बिक एसिड पनि भनिन्छ । यो शक्तिशाली एन्टिअक्सिडेन्ट गुण भएको पानीमा घुलनशील भिटामिन हो । यसले कोलाजेन संश्लेषण, घाउ निको पार्ने, र प्रतिरक्षा कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन सीको कम सेवनले विशेष गरी खाना नली, पेट र फोक्सोको क्यान्सरको जोखिम बढाउँछ । भिटामिन सीको कमीले एन्टिअक्सिडेन्ट प्रतिरक्षालाई कम गर्छ, जसले अक्सिडेटिभ तनाव र डिएनएमा क्षति बढाउँछ । साथै, क्यान्सरसँग जुध्ने डिएनए मेथिलेसन र हिस्टोन परिमार्जनलाई समेत प्रभाव पार्ने भएकाले क्यान्सर विकासमा सहयोग गर्छ । 

भिटामिन ए : भिटामिन ए एक फ्याट–घुलनशील भिटामिन हो, जसले शरीरमा दृष्टि, प्रतिरक्षा कार्य र सेलुलर भिन्नताका लागि काम गरिरहेको हुन्छ । अध्ययनहरूले भिटामिन ‘ए’को कमीका कारण विशेष गरी फोक्सो, अन्न नली र पेटको क्यान्सरको जोखिम बढाउने देखाएको छ । सामान्यतया, भिटामिन ‘ए’कोे कमीले प्रतिरक्षा प्रणालीमा असर गर्छ । अर्थात् क्यान्सर कोषिका पहिचान गर्न र हटाउने शरीरको क्षमतालाई कम गर्छ । भिटामिन ‘ए’को कमीले कोषिकाको अनियमित वृद्धि र प्रसार हुने सम्भावना बढी हुन्छ । 

भिटामिन डी : भिटामिन डी एक फ्याट–घुलनशील भिटामिन हो, जसले क्याल्सियम, हड्डीको स्वास्थ्य र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन भूमिका खेलिरहेको हुन्छ । भिटामिन डीको कमीका कारण हाल विश्वभरको जनसंख्याको एक महत्वपूर्ण भाग नै प्रभावित भइरहेको छ । विशेष गरी सीमित सूर्यको किरण वा अपर्याप्त आहार आदिका कारण भिटामिन डीको कमी देखिएको हो । तर, भिटामिन डी कमीका कारण स्तन, प्रोस्टेट, कोलोरेक्टल र प्यान्क्रियाटिक क्यान्सरसहित विभिन्न क्यान्सरहरूको बढ्दो जोखिम रहेको पछिल्ला केही अधययनले देखाएका छन् । भिटामिन डीले कोषिकाको अनियन्त्रित विस्तार र एपोप्टोसिसलाई नियन्त्रण गर्छ । तर, शरीरमा आवश्यकभन्दा कम भिटामिन डी हुँदा क्यान्सरको जोखिम पनि उच्च रहन्छ । 

सेलेनियम : सेलेनियम एन्टिअक्सिडेन्ट गुणहरू भएको ट्रेस खनिज हो, जसले कोषिकाहरूलाई अक्सिडेटिभ क्षतिबाट बचाउन र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । सेलेनियमको कमी प्रोस्टेट, फोक्सो, कोलोरेक्टल र छालासहित विभिन्न क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित छ । सेलेनियमले ग्लुटाथियोन पेरोक्सिडेसेसका लागि कोफ्याक्टरका रूपमा कार्य गर्छ । इन्जाइम अर्थात् प्रतिक्रियाशील अक्सिजन प्रजाति (आरओएस)लाई समेत सहयोग गरिरहेको हुन्छ । सेलेनियमले डिएनए मर्मत संयन्त्रमा भाग लिएर उत्परिवर्तनलाई रोकेर क्यान्सरको विकास कम गर्न सक्छ । 

– एजेन्सीको सहयोगमा

ad
ad