१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अस्कर कलेजले सिनेमा साक्षरता अभियान चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१४:oo

अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । बुधबार पूर्वको बिर्तामोडबाट यो अभियान सुरु हुने हुँदै छ । त्यसपछि  विराटनगर, ईटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर अभियान समापन हुने कलेजका प्राध्यापक रामराजा दाहालले बताए । ‘नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरूमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो अभियान गर्न लागिएको हो,’ उनले भने । 

अभियानका क्रममा हरेक सहरमा एकदिने कार्यशाला हुनेछ । कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यास, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिइने उनले बताए । 

कार्यशालामा सहभागी विद्यार्थीलाई कथालाई कसरी पटकथामा रूपान्तरण गर्न सिकाइने तथा कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रूपान्तरण गर्ने भनेर प्रयोगात्मक अभ्यास पनि गराइने दाहालले बताए । 

कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी अभियान चलाउन लागिएको उनले बताए । ‘नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकाले उनीहरूलाई लक्षित गरेर अभियान चलाउन लागिएको हो,’ उनले भने, ‘कार्यशालाका दौरानमा सहभागीहरूलाई सिनेमा देखाउने र यसका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे जानकारी गराउने कामसमेत हुनेछ । 

ad
ad