१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुरन र मन्सुब दोस्रो चरणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o३:oo

नेपाल एपिएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौैँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार जित निकालेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबार भएको पुरुष ५७ केजी तौल समूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरे । मन्सुबले गण्डकीका चन्द्रबहादुर थापाबाट वाकओभर पाए । गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस् कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीका लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङलाई हराए ।

एपिएफका प्रदीप महर्जनले सुदूरपश्चिमका सन्दीप नाथलाई पाखा लगाए । पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमतीका सोहन राईलाई निराश पारे । कोशीका एक्लिस शाहीले कर्णालीका रिजन गुरुङमाथि सहज जित निकालेका छन् । महिला ५७ केजीमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले बागमतीकी पेमा शेर्पालाई हराइन् । ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई पन्छाइन् । 

यसैगरी, पुरुष ७१ केजीमा एपिएफका विक्रम चौधरीले कोशीका प्रशान्त दाहालमाथित जित निकाले । पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेशका सरोजकुमार श्रेष्ठलाई पराजित गरेका छन् । बागमतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई हराए । यसअघि प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए । प्रतियोगिताको पुरुषमा सात र महिलामा ६ गरी १३ स्पर्धामा एक सय पाँचजना खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । 

हरेक विधाका शीर्ष खेलाडीले २५ हजार, दोस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी, दुई सेमिफाइनलिस्टले जनही ७५ सय रुपैयाँ जित्नेछन् । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ । 

ad
ad