१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दीपक र सुष्मा सर्वोत्कृष्ट खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५८:oo

१८औँ एनएनआइपिए स्पोर्टस् अवार्ड ०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले जितेका छन् । दीपकले ०७९ को फागुनमा नेपालमा भएको १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपकामा दोहोरो स्वर्ण जितेका थिए । 

सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबिसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन् । नेपालको बक्सिङ इतिहासमा सुष्माले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेको यो पहिलोपटक थियो । सर्वोकृष्ट भएका खेलाडीद्वयले समान एक लाख पाएका छन् । 

अवार्डअन्तर्गत पुरुषमा क्रिकेटका रोहितकुमार पौडेल र महिलामा पौडीकी डुवाना लामाले प्रतिभाशाली खेलाडीको अवार्ड जित्दै जनही ५० हजार रुपैयाँ प्राप्त गरे । पारा एथलिट विधामा भारोत्तोलनका दुर्गामान तामाङ उत्कृष्ट हुँदै १५ हजार पाए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना सोमबार भएको अवार्डअन्तर्गत टेबलटेनिसका धर्ममान बज्राचार्यले गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्ड प्राप्त गरे । यसैगरी, एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कार खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुँयालले ३५ हजार रुपैयाँ नगद प्राप्त गरे । 


०७९ को फागुनमा नेपालमा भएको १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दीपकले दोहोरो स्वर्ण र सुष्माले थाइल्यान्डमा भएको एएसबिसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौलसमूहमा कीर्तिमानी रूपमा रजत जितेका थिए

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा ०७९ सालमा गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । आर्चरीकी प्रशदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, शारीरिक सुगठनका असिमबाबु गुरुङ, बुद्धिचालका रुपेश जैसवाल, क्रिकेटका रोहितकुमार पौडेल, साइक्लिङ सुरज राना मगर र फेन्सिङकी शिक्षा नापित पुरस्कृत भए । 

फुटबलका किरण चेम्जोङ, फुल कन्ट्याक्ट कराँतेका सन्देश मानन्धर, गोल्फ सुवास तामाङ, जिम्न्यासिटकका राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी, आइटिएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ र कबड्डीकी अनुजा कुलुङ राई रहेका छन् । पुरस्कृत खेलाडीले जनही १० हजार रुपैयाँ पाएका छन् । ३६ उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली पुरुष र महिला खेलाडी छनोट गरिएको अध्यक्ष दीपक श्रेष्ठले बताए । 

ad
ad