काठमाडौंको मैतीदेवी क्षेत्रमा विद्युत्का तार भूमिगत गरिँदै । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंलगायतका सहरको विभिन्न ठाउँमा विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत गर्ने कार्य्रलाई तीव्र रूपमा अघि बढाइरहेको छ ।
प्राधिकरणले १२ अर्ब रुपैयाँ लगानीमा ५ फागुन ०७६ देखि उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कामका सुरु गरेको थियो । तीन वर्षमा काठमाडौं उपत्यकाभित्र भूमिगत गरिसक्ने योजना थियो ।
तर, काम सुरु भएको चार वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । यद्यपि, अब छिट्टै यसको काम सम्पन्न गर्ने प्राधिकरणका अधिकारीहरू दाबी गर्छन् । नेपालमा भूमिगत विद्युत् वितरण प्रणाली नौलो प्रविधि हो ।