१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १२ सोमबार
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत १२ सोमबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘स्पट फिक्सिङ’को मुद्दामा आदिलसहित पाँचजनालाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १२ सोमबार १८:४१:oo

क्रिकेटर मोहमद आदिल बलमसहित पाँचजनाले ‘स्पट फिक्सिङ’को मुद्दामा सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सफाइ दिएको हो।

गत वर्ष पुस १२ र १४ मा भएको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको दाबीसहित प्रहरीले मुद्दा चलाएको थियो। प्रहरीको आरोप पुष्टि नहुने भन्दै अदालतले क्रिकेटर आदिललाई सफाइ दिएको हो।

उनीसँगै नितेश गुप्ता भन्ने नितेश शाह, नवीन कँडेल, रवि माझी र मेहबुब आलमले पनि सफाइ पाएका छन्। आलम नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन्।