
ग्लोबल मनी विक २०२४ अन्तर्गत सेन्ट्रल फाइनान्स लिमिटेडको चन्द्रपुर शाखाले प्रभातफेरी कार्यक्रम गरेको छ।
‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाले प्रभातफेरी गरेको हो।
चन्द्रपुर शाखाले रौतहटको चन्द्रपुरस्थित अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
बैंक वित्तीय संस्थाका सेवा र सुविधा तथा डिजिटल बैंकिङलगायतका वित्तीय तथा जनचेतनामूलक प्लेकार्डहरूसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरूको उपस्थिति रहेको थियो।