जसपा सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त राज्यमन्त्री कार्कीलाई प्रधानमन्त्री प्रचण्डले आजै पद तथा गोपनीयताको शपथग्रहण गराए । कार्की गत वर्ष भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।