औसत भारतीय राजनीतिज्ञ बिहान उठ्छन् र आफ्ना विरोधीलाई गाली गर्न थाल्छन् । चाहे तिनीहरू सत्तामा हुन् वा विपक्षमा, उच्च तहका नेता वा आगन्तुक कक्षका सम्झौताकर्ता किन नहून्, उनीहरू विरोधीको निन्दा गर्नमै रमाउँछन् । कुनै भारतीय राजनीतिज्ञलाई उनीहरूको गल्ती सोध्नुहोस्, तिनीहरूले विपक्षीलाई गाली गर्नेछन् । कुनै भारतीय राजनीतिज्ञलाई जनताको समस्या समाधान गर्ने योजनाबारे सोध्नुहोस् उनले प्रतिद्वन्द्वी पार्टीलाई आक्रमण गर्नेछन् । चाखलाग्दो कुरा हो कि कहिलेकाहीँ नकारात्मक प्रचारले चुनावी फाइदा दिन्छजस्तो देखिए पनि यसले खासै काम गर्दैन ।
नकारात्मकताले ध्यान मात्र खिच्छ
नकारात्मक प्रचार–प्रसारमा सञ्चारमाध्यम र आमजनताको पनि भूमिका हुन्छ । यदि कुनै राजनीतिज्ञले आफ्नो प्रतिद्वन्द्वीलाई चोर भन्छन् भने त्यो ‘हेडलाइन’ हुन्छ । माइक्रोफोन हल्लाउने रिपोर्टरहरू त्यसपछि विपक्षीकहाँ जान्छन् र उनको प्रतिक्रिया सोध्छन् । उसले अर्कोलाई बदमास भन्छ । यो सबै राम्रो मसला हो, अर्को अर्थहीन टिभी ‘बहस’ का लागि राम्रो खुराक हो ।
यदि उही राजनीतिज्ञले लाखौँ रोजगारी सिर्जना गर्ने योजना छ भन्यो भने समाचार सम्पादकहरूले त्यसलाई महŒवका रूपमा हेर्दैनन् । राजनीतिज्ञको पिआर (जनसम्पर्क) किन गर्ने ? उनीहरूले भन्नेछन् । यसरी काम गर्छ समाचारले, कुकुरले मानिसलाई टोकेको विषय समाचार होइन । प्रधानमन्त्री नरेन्द्र मोदीको ४५ मिनेटको भाषण सुन्नुभयो भने उनले ४० मिनेट आफ्नो सरकारका विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिबारे बोलेर बिताउन सक्छन्, तर बाँकी पाँच मिनेट उनी विपक्षीबारे बोल्न खर्च गर्छन्, जसलाई अन्य राजनीतिक दलहरूले हेडलाइन र ह्यासट्याग बनाउनेछन् ।
नकारात्मक प्रचार कसैको ध्यान आकर्षित गर्न सजिलो तरिका हुन सक्छ, तर यो सधैँ बलियो मतमा रुपान्तरण हुँदैन । जब मतदानको कुरा आउँछ, कम्तीमा परिवर्तित मतदाता विकास, सुशासन र आर्थिक उत्थानको सन्दर्भमा कुन राजनीतिज्ञले उनीहरूलाई उत्कृष्ट डेलिभर गर्न सक्छ भनेर जान्न चाहन्छन् ।
नकारात्मक प्रचार कसैको ध्यान आकर्षित गर्न सजिलो तरिका हुन सक्छ, तर यो सधैँ बलियो मतमा रुपान्तरण हुँदैन । जब मतदानको कुरा आउँछ, कम्तीमा परिवर्तित मतदाता विकास, सुशासन र आर्थिक उत्थानको सन्दर्भमा कुन राजनीतिज्ञले उनीहरूलाई उत्कृष्ट डेलिभर गर्न सक्छ भनेर जान्न चाहन्छ । यी तर्कसंगत मुद्दा मतदातालाई भावनात्मक रूपमा बताउनुपर्छ । सबै राजनीतिज्ञले रोजगारी र सित्तैंको वाचा गर्छन् र मतदाताले उदासीनताका साथ टाउको हल्लाउँछन् । वाचा गर्नु एउटा कुरा हो, वाचा पूरा गर्नको लागि तपाईं सही नेता हुनुहुन्छ भनी मतदातालाई विश्वास दिलाउनु अर्को कुरा हो । यही कारणले होसियार राजनीतिज्ञहरूले आफ्नो समय सकारात्मक प्रचारमा खर्च गर्छन् ।
मोदीको सन्तुलित कार्य
प्रधानमन्त्री मोदीका आलोचकहरूले भन्न सक्छन् कि उनी र उनको भारतीय जनता पार्टीले पहिले नै कमजोर प्रतिपक्षलाई आक्रमण गर्न धेरै समय बिताउँछन् । सत्य यो हो कि भाजपाको सन्देश ६० देखि ८० प्रतिशत सकारात्मक छ । तपाईंले यसलाई भाजपाको कुनै पनि सामाजिक सञ्जाल ह्यान्डलमा जाँच गर्न सक्नुहुन्छ, धेरैजसो पोस्टहरू सरकारका उपलब्धि र विकास योजनाबारे हुन्छन् ।
कहिलेकाहीँ भाजपाले सकारात्मकभन्दा नकारात्मक गल्ती गरेको छ र हारेको छ । यस्तै एउटा उदाहरण सन् २०२२ को पश्चिम बंगाल विधानसभा चुनाव थियो । सन् २०१३–०१४ मा कंग्रेस नेतृत्वको युपिए सरकार अत्यधिक अलोकप्रिय भएकाले सरकारको आलोचना गरेर मोदीको अभियानले जितेको हुनु्पर्छ । तर, मोदीले सकारात्मक हुन, ‘अच्छे दिन’को वाचा रोजे । सायद यसले उनलाई पूर्ण बहुमत ल्याउन र गठबन्धन युगको अन्त्य गर्न मद्दत ग¥यो । हालैको रेकर्डले देखाउँछ कि सकारात्मक प्रचारमा केन्द्रित भए कंग्रेस पार्टीले पनि राम्रो गर्छ ।
राहुलको उपायले काम गर्दैन
चुनावी पर्यवेक्षकले हेरेको एउटा ढाँचा यो हो कि जब पार्टी बलियो हुन्छ, नकारात्मक प्रचारले मद्दत गर्छ । त्यसो भए भाजपा कंग्रेसभन्दा धेरै अगाडि छ र यसले कंग्रेसलाई आक्रमण गर्छ भन्ने देखिन्छ । कंग्रेस कमजोर, अकुशल, भ्रष्ट, नातावादी हो भन्ने कुरामा जनता सहमत देखिन्छन् । तर, जब भाजपाले बलियो पार्टीलाई आक्रमण गर्छ (जस्तै पश्चिम बंगालको तृणमूल कंग्रेस वा २०२० मा दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी) जनता बलियो पार्टीको पक्षमा अझ दृढ भएको देखिन्छ । गरिबलाई सित्तैंमा बिजुली दिने अरविन्द केजरिवाल वा महिलालाई सबै किसिमका योजना दिने ममता बनर्जीलाई अन्यायपूर्ण हमला गरेको जनताले महसुस गरेका छन् । यो भाजपाका लागि मात्र होइन, धेरै परिस्थितिमा सबै दलका लागि सत्य हो ।
सकारात्मक प्रचारका साथ ध्यान खिच्न राहुललाई गाह्रो हुन सक्छ, किनभने राहुल गान्धीलाई रोजगारी सिर्जना गर्ने वा मुद्रास्फीति घटाउने भनेर मोदीलाई भन्दा आफूलाई राम्रोसँग थाहा छ भनेर मतदातालाई मनाउन सजिलो हुनेछैन । तर, त्यो परिवर्तित मतदाता प्राप्त गर्ने एक मात्र तरिका हो ।
(गल्फ न्युजका लागि शिवम भिजको आलेख)