१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
दीपेश पछाई लुम्बिनी
२o८१ जेठ ४ शुक्रबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब लुम्बिनीमा अनलाइन टिकेटिङ, पर्यटनमन्त्रीले गरे शुभारम्भ

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:४३:oo

लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ। कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन्।

अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गर्दै मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइनमार्फत टिकट काट्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे। इ–टिकेटिङले अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने उनको भनाइ छ।

कार्यक्रममा कोषका उपाध्यक्ष एवं संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकको संख्यासमेत वृद्धि गर्ने विश्वास व्यक्त गरे। लुम्बिनी बौद्धमार्गीहरूको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने स्थल भएको बताउँदै यसको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए। विश्वभरका बौद्धमार्गीहरू लुम्बिनी आएर शान्ति र अहिंसाको सन्देश ग्रहण गर्नुपर्ने उनको भनाइ थियो।

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले पर्यटकहरू लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए। डिजिटल प्रणालीले संस्थामा सुशासन र पारदर्शिता कायम गर्न सहयोग पुग्ने कोषाध्यक्ष भट्टराईले प्रस्ट पारे। मायादेवी मन्दिर दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाइन टिकेटिङले कोषको आम्दानीमा समेत वृद्धि हुने उनले बताए।

लुम्बिनी विकास कोषको वेबसाइट www.lumbinidevtrust.gov.np मार्फत टिकट काट्न सकिनेछ। मुख्यगरी विदेशी पर्यटकले यसको उपयोग गर्ने कोषको विश्वास छ। निकट भविष्यमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणका लागि नेपालीलाई न्यूनतम शुल्क लिने गरी इ–टिकेटिङलाई विकास गर्दै लैजाने योजना रहेको कोषले जनाएको छ।

ad
ad