१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रुपन्देहीमा ट्रस्ट माइक्रो इन्स्योरेन्सकाे शुभारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३२:oo

ट्रस्ट माइक्रो इन्स्योरेन्सल कम्पनीले निर्जीवन बिमा व्यवसाय सुरु गरेको छ। रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले गत फागुन २७ गतेबाट व्यवसाय सुरु गरेको थियो। तर, प्रधान कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ।

रुपन्देहीको तिलोत्तमा- २ जानकीनगरमा यसको प्रधान कार्यालय रहेको छ। संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले केन्द्रीय कार्यालयपछि अन्य शाखा खोल्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

कुल चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बिमाको काम गर्नेछ। कम्पनीमा विभिन्न व्यावसायिक संस्थामा आबद्ध ७१ जना यसका सेयर सदस्य रहेका छन्।  

मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरूलाई बिमाको मूलधारमा ल्याउने र उनीहरूको सम्पत्तिमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालनमा ल्याइएको पोखरेलको भनाइ छ।

माइको इन्स्योरेन्स कम्पनीले निर्जीवन बिमा व्यवसायअन्तर्गत लघु मिटर बिमा, लघु सम्पत्ति बिमा, लघु सेंधमारी बिमा, लघु घर बिमा, लघु सामुद्रिक बिमा, लघु व्यक्तिगत दुर्घटना बिमा, लघु सामूहिक दुर्घटना बिमा, कृषि तथा पशुपंक्षी लघु बिमालगायतका बिमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवी प्रकोपजन्य हुने हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथमा आएको कम्पनीको भनाइ छ।

ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले अन्य बिमा कम्पनीले भन्दा सहज र सुविधासहितको सेवा दिने गरी अगाडि बढ्ने बताए। प्रधान कार्यालयको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लीला गिरीले उद्घाटन गरे। 

ad
ad