१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २१:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इन्जिनियरहरू प्रगतिशील राजनीतिमा जोडिनुपर्छ : उपाध्यक्ष मैनाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:o७:oo

अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले इन्जिनियरहरूले आफूलाई प्रगतिशील राजनीतिमा सक्रिय बनाउनुपर्ने बताएका छन् ।

अखिल क्रान्तिकारीले शुक्रबार ह्वाइटहाउस इन्जिनियरिङ कलेजमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा उपाध्यक्ष मैनालीले इन्जिनियरहरू देशको मूलनीति बनाउने ठाउँमा हुनुपर्नेमा जोड दिए । उनले संसारभर इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति सक्रिय राजनीतिमा रहेको पनि सुनाए । 

‘इन्जिनियरिङ यस्तो विधा हो, जसले मानिसका हरेक कल्पनालाई व्यावहारिक रूप दिन्छ, दिँदै आएको छ । साथै, हरकोही इन्जिनियरले आफ्नो क्षेत्रमा सकेसम्म राम्रो गर्छ नै र गरिरहेको हुन्छ । यो उसको पेसागत काम हो । यसबाहेक इन्जिनियर देशको मूलनीति बनाउने ठाउँमा पनि हुनुपर्छ । त्यो भनेको राजनीति हो,’ आफैँसमेत इन्जिनियर रहेका उपाध्यक्ष मैनालीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र काठमाडौंका मेयर बालेन साहको उदाहरण दिँदै भने, ‘इन्जिनियरङ एउटा विज्ञान हो । त्यसैले तपाईं–हामीले गर्ने राजनीति प्रगतिशील हुनुपर्छ । समाजलाई अग्रगामी बाटोमा लैजाने खालको हुनुपर्छ । तपाईंहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र काठमाडौंका मेयर बालेन साहलाई पनि हेर्न सक्नुहुन्छ ।’

परम्परागत सोच भएकाहरूले जे–जस्तो व्याख्या गरे पनि दलित, महिला, उपेक्षित समुदायलाई मूलप्रभावमा ल्याउन भूमिका खेलेको माओवादी नै अहिलेको प्रगतिशील विचार बोकेको दल रहेको उपाध्यक्ष मैनालीको भनाइ थियो । उनले काठमाडौंको सडक विस्तार गर्ने, देशलाई लोडसेडिङमुक्त पार्ने र देशभर सामाजिक जागरण प्रदान गर्ने दलमा इन्जिनियरहरू जोडिनुपर्नेमा जोड दिए ।

‘इन्जिनियर भएर जागिर खाने वा विदेश जाने सजिलो काम हो । तर, देश बनेन भनेर गुनासो गरेर मात्र हुँदैन । त्यसैले तपाईं–हामी देशको कानुन बनाउने र देशलाई चलाउने ठाउँ सिंहदरबार पुग्नुपर्छ,’ उनले भने, ‘देशलाई सही कानुन र शासन व्यवस्था दिन सकियो भने एउटा इन्जिनियरले ठूलो भूमिका खेल्न सक्छ ।’

ad
ad