१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको १० लाख रकमसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o५:oo

पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधन चेकजाँचको क्रममा प्रहरीले सिराहाको लहानबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– ६ सीतापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार प्र ०१२–०१–००२ प ३९६९ नम्बको मोटरसाइकल चढेर पूर्वबाट आइरहेका साहलाई बिहीबार दिउँसो लहान– १ बाट स्रोत नखुलेको १० लाख एक हजार ६ सय ३० रुपैयाँसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरीको संयुक्त टोलीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट नेपाल एसबिआई बैंकको स्टिकर लागेको एक हजार रुपैयाँ दरका नोट १० प्याकेट र अन्य एक हजार ६ सय ३० रुपैयाँ बरामद भएको छ । 

बरामद भएकोे रकमको स्रोत खुलाउन नसकेपछि साहलाई तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानबाट आवश्यक अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ । 
 

ad
ad