१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ८ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ८ बिहीबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आलोपालो प्रधानमन्त्रीबारे ओलीको टिप्पणी– हामी राजनीतिको गलत संस्कार तोड्दै अघि बढ्दै छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ८ बिहीबार १८:२७:oo

एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोपालो समझदारीबाट प्रधानमन्त्री बन्ने र बनाउने नेपाली राजनीतिमा देखिएको गलत संस्कार तोडेर राजनीतिलाई स्थिरतातर्फ अघि बढाउन खोजेको टिप्पणी गरेका छन्।

एमाले–माओवादीसहित पाँच दलको सहभागितामा सरकार पुनर्गठन भएपछि अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच ओलापालो प्रधानमन्त्री बन्ने गोप्य सहमति भएको चर्चा चलिरहेका वेला उनले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत त्यसको खण्डन हुने गरी धारणा सार्वजनिक गरेका छन्।

‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ। तर, राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन। नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्छ। यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ,’ ओलीले टिप्पणी गरेका छन्।

आलोपालो प्रधानमन्त्री बन्ने चर्चाको खण्डन गर्दै ओलीले अगाडि भनेका छन्, ‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ– तपाईंको पालो कहिले, उहाँको पालो कहिले? हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौँ। राजनीतिलाई गुण-दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलो-पालो वा तेरो-मेरोमा आधारित रहेर होइन।’