१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखको भ्रमणका लागि सदन बन्द गर्नु बेठीक : पूर्वसभामुख ढुंगाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार १७:५५:००

पूर्वसभामुख दमननाथ ढुंगानाले सभामुखको भ्रमणका लागि संसद् बन्द गर्नु ठीक नभएको बताएका छन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र संसद्का पदाधिकारीहरू १० दिन सदन बन्द गरेर स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तरव्यवस्थापिका संसद् (आइपियू)को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै छन्। सभामुख र ठूला दलका प्रमुख सचेतकले भ्रमणका लागि सदन बन्द गरेपछि सांसदहरूले विरोध गरिरहेका छन्।

यसै क्रममा पूर्वसभामुख ढुंगानाले पनि पदाधिकारीको भ्रमणका लागि सदन बन्द गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएका हुन्। पदाधिकारीको भ्रमणका लागि प्रतिनिधिसभा १० दिन बन्द गरिएको छ भने राष्ट्रिय सभामा पनि एक हप्ताका लागि बैठक स्थगित गरिएको छ।

पूर्वसभामुख ढुंगानाले उपसभामुख तथा उपाध्यक्षलाई जिम्मेवारी दिएर पनि सभा चलाउनुपर्नेमा बन्द गर्नु ठीक नभएको बताए। यसमा दलहरू गम्भीर नभएको भन्दै उनले असन्तुष्टिसमेत जनाएका छन्।

‘प्रतिनिधिसभा १० दिन र राष्ट्रिय सभा सात दिन बन्द किन गर्नुपरेको होला ?’ ढुंगानाले ट्विटरमार्फत प्रश्न गरेका छन्, ‘उपसभामुख–उपाध्यक्षले अध्यक्षता गरे चल्दैनथ्यो? कस्तो हाइसन्चो? यो ठीक भएन। मात्र मतदाताले भन्नुपर्ने?’