१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

वासिंटन फेरि टिकटकमाथि हमला गर्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१६:oo

अमेरिकाले टिकटकलाई तारो बनाउने काम नयाँ सिराबाट सुरु गरेको छ । अमेरिकी कंग्रेसको ऊर्जा एवं व्यापार समितिले बिहीबार एक विधायकीय प्रस्ताव पारित गर्न ५०–० मत प्रदान गरेको छ । सो विधेयक प्रस्तावअनुसार चिनियाँ कम्पनी बाइटडान्सलाई दुई विकल्प दिइएको छ, कानुन निर्माणको एक सय ६५ दिनभित्र टिकटकको स्वामित्व त्याग्ने वा प्रमुख एप स्टोरबाट प्रतिबन्ध झेल्ने विकल्प दिइएको छ । यसले वास्तवमा बाइटडान्सलाई विषको दुई बोतलमध्ये एक छनोट गर्न बाध्य बनाएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा टिकटकमाथि प्रतिबन्ध लगाउन असफल प्रयास गरेपछि टिकटकमाथिको ठूलो हमला कंग्रेसको समितिको मतदानमा देखिएको रोयटर्सले बताएको छ । अघिल्ल्लोपटक विधेयकमा टिप्पणी गर्न इन्कार गरेको सन्दर्भमा यसपटक ह्वाइट हाउसका प्रेस सचिवले मतदानका दिन विधेयकको प्रशंसा गर्नुलाई ह्वाइट हाउसले कदम चालेको मानिएको छ ।

अमेरिकी तल्लो सदनले यस विधेयकमा अर्को सोमबार मतदान गर्नेछ । धेरै विश्लेषक यो वर्ष विधेयक पारित गर्न सजिलो नहुने विश्वास गर्छन् । तर, यस प्रकारको ‘कानुन’ प्रस्तावित हुन सक्ने तथ्यले केही राजनीतिज्ञले व्यापारिक मुद्दालाई राजनीतीकरण गर्ने इच्छामा कुनै परिवर्तन नगरेको चिन्ताजनक संकेत दिन्छ ।

अमेरिकाले टिकटकविरुद्ध जब धम्की दिन्छ, तब अमेरिकाको व्यापारिक वातावरण र अन्तर्राष्ट्रिय छवि धेरै हदसम्म खस्किन्छ 

वास्तवमा, टिकटक केही समयदेखि अमेरिकाको विभिन्न प्रकारका तहकिकात र अनुसन्धानको विषय बनेको छ । यस अवधिमा टिकटकका प्रमुख कार्यकारी अधिकृत साउ जी च्यूलाई कंग्रेसले सार्वजनिक रूपमा दुईपटक सोधपुछ गरेको थियो । पछिल्लो विधेयक अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनको छवि ध्वस्त बनेको एक प्रमाण हो ।

रिपब्लिकन र डेमोक्य्राटिक पार्टी दुवैमा फैलिएका अमेरिकी राजनीतिक कुलीन वर्गले यसमा महत्वपूर्ण सहमति र सहकार्य प्रकट गर्दै टिकटकमाथि नियन्त्रण गर्न लगातार दबाब दिइरहेका छन् । चुनावी वर्षका दौरान सिर्जना गरिएको जटिल र अराजक जनमत वातावरण वासिंटनका लागि ‘राजनीतिक लुटपाट’का लागि प्रलोभन र आवरण बन्न पुगेको छ ।

अघिल्लो ‘अनुभव’ र ‘पाठ’लाई चित्रण गर्दै यसपटक टिकटकको लुटमा केही रणनीतिक समायोजन र प्याकेजिङ गरिएका छन् तर सार भने परिवर्तन भएको छैन । सबै ठाउँमा प्रयोग गर्न मिल्ने ‘राष्ट्रिय सुरक्षा खतरा’को बहाना अझै पनि प्रयोग भइरहेको छ । कुनै प्रमाणविना आधारहीन ‘अपराधको अनुमान’ अझै लागू गरिएको छ र बजार अर्थतन्त्र एवं निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तको घोर उल्लंघन गरिएको छ ।

वस्तुनिष्ठ रूपमा भन्नुपर्दा पहिले अमेरिकाले प्रतिबन्ध थप ‘सभ्य’ ढंगले गर्ने र कार्यविधिको हिसाबले यसलाई अझ व्यावहारिक बनाउनेबारे सोचेको थियो । टिकटकलाई ‘दोषी’ देखाइएपछि अमेरिकी राजनीतिज्ञले प्रमाणका लागि यसलाई नजिकबाट छानबिन गरे, तर अन्ततः केही फेला परेन । उनीहरूले टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई कंग्रेसमा बोलाएर कैदीका रूपमा व्यवहार गरे, तर कंग्रेस आफैँ हाँसोको पात्र बन्यो । यसलाई धेरैपटक उचाल्ने प्रयास गरे पनि टिकटकले अमेरिकामा कानुनी रूपमा काम गरिरहेको र कुनै पनि अमेरिकी कानुनको उल्लंघन गरेको देखिएन । 

टिकटकका अमेरिकामा १७ करोड प्रयोगकर्ता छन्, जुन देशको कुल जनसंख्याको आधा हो । जो बाइडेनको चुनावी अभियान टोलीले हालै टिकटकमा खाता खोलेको छ । अमेरिकामा टिकटकको सफलता यसको व्यापारिक मोडेलका कारणले मात्र नभई अमेरिकी कम्पनीको दाँजोमा अनुपालनका सन्दर्भमा टिकटकको उत्कृष्ट प्रदर्शन पनि हो । यो अमेरिकामा सञ्चालित हुने सबै व्यवसायको चासोको विषय हो । यी कम्पनीले टिकटकको भाग्यलाई बेवास्ता गर्न सक्दैनन् । आज टिकटक एक रक्षात्मक रेखा बनेको छ । यदि यो रेखा उल्लंघन भयो भने अमेरिकामा सञ्चालन हुने धेरै विदेशी कम्पनी कुनै पनि समय सम्भावित ‘लुट’को जोखिममा पर्नेछन् ।

विभिन्न रिपोर्टअनुसार चीनविरोधी सांसद तथा ‘अमेरिका र चिनियाँ कम्युनिस्ट पार्टीबीचको रणनीतिक प्रतिस्पर्धा चयन समितिका अध्यक्ष’ माइक ग्यालाघरले विधेयकलाई ‘ट्युमर हटाउन र बिरामीलाई बचाउन गरिएको शल्यक्रिया’ बताएका छन् ।

वास्तवमा अमेरिकी प्रभुत्व र लुटेरा मानसिकताको वकालत गर्ने यी राजनीतिज्ञले प्रतिनिधित्व गर्ने घातक ट्युमर हटाउन आवश्यक छ । त्यसो गरेर मात्र यसले अमेरिकाको राष्ट्रिय र सामाजिक स्वास्थ्यलाई फाइदा पुग्न सक्छ । वास्तवमा अमेरिकाले टिकटकविरुद्ध जब धम्की दिन्छ, तब अमेरिकाको व्यापारिक वातावरण र अन्तर्राष्ट्रिय छवि धेरै हदसम्म खस्किन्छ । अमेरिकाका लागि सिंगापुरका राजदूतले टिकटकविरुद्धको अभियान ‘अति’को स्तरमा पुगेको र च्यूले अनुभव गरेजस्तो सोधपुछले ‘विश्वव्यापी रूपमा अमेरिकाको छवि र बुझाइलाई कमजोर पार्न सक्छ’ भनेका थिए ।

मूलधारका अमेरिकी मिडिया जुन लगातार चीनको व्यापारिक वातावरणमा केन्द्रित हुन्छन्, तिनले आश्चर्यजनक रूपमा टिकटक मुद्दामा ‘कुनै टिप्पणी नगर्ने’ रबैया देखाएका छन् । यद्यपि अमेरिकी समाजमा यस मामिलामा विभिन्न राय आएका छन् । पछिल्ला दिनमा कंग्रेस कार्यालयका फोन लाइनमा टिकटक समर्थकको फोन कलको लर्को लागेको विभिन्न समाचारले जनाएको छ ।

अमेरिकाले आफूलाई कानुनका मामिलामा सबैभन्दा परिपक्व देश भएकोमा मात्रै गर्व गर्दैन, यसले आफूलाई विश्व नेताको रूपमा पनि दाबी गर्छ । यद्यपि अमेरिकाका धेरै कार्य आत्मघाती देखिन्छन् अर्थात्, कानुनको शासन र बजार मान्यताको सिद्धान्त उल्लंघन गर्ने र अन्तर्राष्ट्रिय विश्वसनीयतालाई कमजोर पार्ने खालका छन् । यो प्रक्रिया अमेरिकाको विश्वव्यापी नेतृत्वको हैसियत गुमाउने प्रक्रिया हो । एक निश्चित परिप्रेक्ष्यमा अमेरिकी जनता टिकटकको वैध अधिकारको रक्षा गर्न अगाडि आउनु भनेको मौलिक रूपमा अमेरिकाको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठाको रक्षा गर्नु पनि हो ।

(ग्लोबल टाइम्सको सम्पादकीयबाट)

ad
ad