१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पूर्वकप्तान नेरीले लिइन् सन्न्यास

नेपालको राष्ट्रिय महिला टोलीले सन् २००७ मा एसिसी महिला च्याम्पियनसिपमा सहभागिता जनाउँदा नेरीले कप्तानी गरेकी थिइन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५६:oo

नेपाली महिला क्रिकेट टोलीकै पहिलो कप्तान नेरी थापामगरले मंगलबार सबै खाले क्रिकेटबाट सन्न्यास घोषणा गरेकी छिन् । सोसियल मिडियाबाट थापाले राष्ट्रिय र अन्तर्राष्ट्रियबाट सन्न्यास लिएको घोषणा गरेकी हुन् । ‘मैले आजबाट सन्न्यास लिएकी छु । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु,’ सन्न्यास लिँदै उनले भनेकी छिन्, ‘म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैँ साथ दिनुभयो । यो यात्रा क्रिकेटमा सन्न्यास होस्, तर जीवनमा होइन ।’

घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी हुन् । ०७० मा महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगन्जबाट प्रतिनिधित्व गर्दै उनले काठमाडौंविरुद्ध एक सय २१ रन बनाएकी थिइन् । नेपालले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । थापाकै कप्तानीमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका रूपमा एसिसी महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । उनले नेपाली यू–१९ महिला राष्ट्रिय टोलीको पनि कप्तानी गरेकी थिइन् । थापाको कप्तानीमा नेपालले सन् २००८ र २०१० को एसिसी यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

अन्तर्राष्ट्रिय टी–२० मा ११ खेल
थापाले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा ११ खेल खेलेकी छिन् । उनले ११ खेलमा आठ इनिङ्समा ६३ रन बनाएकी छिन् । यसक्रममा उनी तीनपटक नटआउट रहिन् । बलिङमा उनले ११ इनिङ्स खेल्दै १७ अन्तर्राष्ट्रिय विकेट हात पारिन् । सन् २०१९ मा नेपालको महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० डेब्यु गरेको थियो । महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल चीनविरुद्ध रह्यो । थापाले अन्तिमपटक अन्तर्राष्ट्रिय टी–२० खेल कुवेतविरुद्ध खेलेकी थिइन् । 

टी–२० फम्र्याटमा उनले चीन, थाइल्यान्ड र युएईविरुद्ध समान दुई खेल खेलेकी छिन् । कुवेत र थाइल्यान्डविरुद्ध समान १९ व्यक्तिगत रन नै उनको सर्वाधिक रह्यो । घरेलु क्रिकेटमा उनी एपिएफमा आबद्ध रहिन् । गत जनवरीमा प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता नै उनको अन्तिम घरेलु रह्यो । प्रधानमन्त्री कपमा उनले ६ विकेट हात पारेकी थिइन् । उनले गण्डकीविरुद्धको प्रतिस्पर्धामा १८ रन खर्चेर चार विकेट हात पारेकी थिइन् । 
 

ad
ad