१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल ‘ए’को प्रारम्भिक प्रशिक्षणमा ४० खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o७:oo

नेपाल क्रिकेट संघ (क्यान) ले अर्को साता आयरल्यान्डको ‘ए’ टोलीविरुद्ध प्रतिस्पर्धा गर्न ४० खेलाडीलाई प्रशिक्षणमा राखेको छ । नेपाल ‘ए’ टोलीले त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ टोलीविरुद्ध तीन टी–२० र तीन एकदिवसीय सिरिज खेल्नेछ । यसै प्रतियोगिताका लागि क्यानले नेपालको ‘ए’ टोलीलाई प्रशिक्षणमा राखेको हो । यसपटक क्यानले बोलाएको खेलाडीको सूचीमा सिनियर टोलीबाट प्रतिस्पर्धा गरिसकेका विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा, आरिफ सेख, भीम सार्की, प्रतिश जिसी तथा कमलसिंह ऐरी रहेका छन् । नेपालको सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग दुई टी–२० खेल खेल्नेछ । 

नेपाल ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ सँग २८, २९ र ३१ मार्चमा टी–२० खेल खेल्नेछ । ३, ५ र ७ अप्रिलमा एकदिवसीय अभ्यास खेल खेल्नेछ । नेपालको सिनियर टोलीले २५ र २६ मार्चमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डसँगको खेलसँगै नेपालले भारतको भ्रमण गर्नेछ । जहाँ नेपालले बरोडा र गुजरातसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ । 

प्रशिक्षणमा बोलाइएका ४० खेलाडी 
रीत गौतम, पवन सर्राफ, अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, मौसम ढकाल, रञ्जित कुमार, प्रतिश जिसी, विकास आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मयन यादव, अर्जुन कुमाल, अर्जुन घर्ती, रुपेश सिंह, साहब आलम र शेर मल्ल छन् । यसैगरी, दीपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र रावत, सुभाष भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नरबहादुर सार्की छन् । 

आइसिसीका अध्यक्ष बार्कले नेपालमा 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपाली क्रिकेट टोलीको पछिल्लो अवस्था बुझ्न र यहाँको क्रिकेट वातावरण बु्झ्न उनी नेपाल आएका हुन् ।

८ चैतसम्म रहने बार्कले नेपालको क्रिकेट विकास गर्न सहयोग गर्ने बताएका छन् । भ्रमणको क्रममा उनले नेपालमा त्रिवि र मूलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । भारतमा भएको महिला प्रिमियर लिगको फाइनल खेल हेरी उनी नेपाल आएका हुन् । नेपालले २०२७ मा आइसिसी महिला यू–१९ विश्वकप आयोजना गर्दै छ । त्यसको तयारी अवस्था निरीक्षण गर्न पनि बार्कलेले मूलपानी र टियूको मैदान निरीक्षण गर्न लागेका हुन् । 

ad
ad