Skip This
दुई वर्षमा कञ्चनपुरका २६३ जनाले पाए लालपुर्जा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o चैत ५ सोमबार १४:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्षमा कञ्चनपुरका २६३ जनाले पाए लालपुर्जा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार १४:४३:oo

दुई वर्षको अवधिमा कञ्चनपुरका गुल्मीमा राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुँदै,दुई सय ६३ किसानले जग्गाको लालपुर्जा पाएका छन्। राष्ट्रिय भूमि आयोगले दुई वर्षको अवधिमा गुल्मीमा दुई सय ६३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको जनाएको छ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुंगानाले दुई वर्षको अवधिमा जिल्लाका चार पालिकामा लालपुर्जा वितरण गरिएको बताए। उनका अनुसार दोधाराचाँदनी नगरपालिकाका २४, बेदकोट नगरपालिकाका ८५, शुक्लाफाँटा नगरपालिकाका ८७ र कृष्णपुर नगरपालिकाका ६७ किसानले लालपुर्जा पाएका छन्।

‘अहिले हामीले विगतको आयोग, कार्यदल र अधुरो काम भएका पुर्जा वितरण गरेका छौँ,’ उनले भने, ‘लगत्तै कृष्णपुर र बेलौरीमा वितरणकोे तयारीमा छौँ।’

अध्यक्ष ढुंगानाका अनुसार बेदकोट नगरपालिका– ५ मा ९, कृष्णपुर नगरपालिकामा ६ र बेलौरी नगरपालिकामा २३ किसानलाई वितरणकोे तयारी भएको छ। ‘हामी वर्षौँदेखि जमिन भएर पनि जमिनको मालिक हुन नसकेका किसानलाई जमिनको स्वामित्व हस्तान्तरण कार्यक्रम गर्दै छौँ,’ उनले भने, ‘यहीअनुरूप आयोगले जिल्लामा कामकाज अघि बढाएको छ।’

उनका अनुसार हालसम्म भीमदत्त नगरपालिका ४, ११, १४, १५, १७ वडामा ७० हेक्टर जमिन, बेदकोट नगरका नाैबाहेक सबै वडामा गरी एक हजार नाै सय २४ हेक्टर, कृष्णपुर नगरपालिका १, २, ३, ४, ८ र ९ मा गरी दुई हजार ३० हेक्टर तथा शुक्लाफाँटा नगरपालिका १, २, ३ र ९ मा आठ सय १६ हेक्टर जमिन नापजाँच भएको छ। शुक्लाफाँटाको १२ मा भने नापजाँच जारी छ।

दोधाराचाँदनी नगरपालिका– ८ मा ५५२ हेक्टर जमिन नापजाँच सम्पन्न गरेर ३, ५, ९ र १० वडामा जारी रहेको उनले बताए। बेलौरी नगरपालिका ४, ८ र १० नम्बर वडामा १३ हेक्टर तथा पुनर्वास नगरपालिकाको ४ देखि ११ नम्बर वडामा १२५ हेक्टर जमिन नापजाँच गरिएको छ।

बेलडाँडी गाउँपालिकाका सबै वडामा गरी एक हजार चार सय १३ हेक्टर, लालझाडी गाउँपालिका ४, ५ र ६ नम्बर वडामा २१ हेक्टर जमिन नापजाँच भएको छ। ‘जहाँ–जहाँ नापजाँच सम्पन्न भएको छ, त्यहाँ लालपुर्जाको तयारी भइरहेको र नापजाँच हुन बाँकी रहेका वडाहरूमा नापजाँचको तयारी निरन्तर जारी छ,’ उनले भने। स्थानीय जनप्रतिनिधिहरूले समेत नापजाँचमा समन्वय गरिरहेको अध्यक्ष ढुंगानाले औँल्याए।

आयोगले यसअघि भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीको विवरण संकलन गरेको थियो। बेलडाँडी गाउँपालिकामा चार हजार सात सय ५५, लालझाडी गाउँपालिकामा चार हजार पाँच ८१, बेलौरी नगरपालिकामा पाँच हजार ६ सय ६, पुनर्वास नगरपालिकामा आठ हजार चार सय ६, कृष्णपुर नगरपालिकामा १६ हजार एक सय २५, शुक्लाफाँटा नगरपालिकामा ११ हजार आठ सय ३६, बेदकोट नगरपालिकामा नाै हजार पाँच सय ३२, भीमदत्त नगरपालिका आठ हजार ९२ र दोधाराचाँदनी नगरपालिकामा तीन हजार नाै सय ९७ गरेर जम्मा ७२ हजार नाै सय ३० जनाले फारम भरेका थिए।