१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

संस्कृतिविद् मल्ल के सुन्दरलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२२:oo

उपत्यकाका स्थानीय तहले रैथाने नाम र विशेषता खोजी गरी संरक्षण गर्ने अभियान सुरु गर्नुलाई कसरी हेर्नुभएको छ ?
यो एकदमै राम्रो र सराहनीय काम हो । विभिन्न स्थानको इतिहास अध्ययन गर्न त्यससित जोडिएका ऐतिहासिक नामको पनि अध्ययन जरुरी हुन्छ । त्यस्ता ऐतिहासिक नाम बिर्सिंदै गइयो भने इतिहास पनि विलुप्त हुन्छ । उदाहरणका लागि माइतीघर मण्डलालाई लिन सकिन्छ । विगतमा नरशमशेरले माइतीघर सिनेमा बनाए ।

उनले अहिलेको माइतीघर मण्डल रहेको स्थानमा बसोवास गर्ने आफ्ना नातेदारको घरमा सिनेमाको पोस्टरसहित ‘डिस्ट्रिब्युसन अफिस’ खोले । त्यसपछि सो सडक हुँदै गुड्ने बसका सहचालकहरूले ‘माइतीघर, माइतीघर’ भन्न थाले । त्यसले गर्दा ‘फिब्वः’ अर्थात् बलौटे भूमि या बालुवाको मैदान भनिने स्थानीय नाम हराउँदै गयो र माइतीघर नै प्रचलित भयो । त्यस्तै, अहिलेको इन्द्रचोकको खास नाम ‘ह्वंगः’ अर्थात् दोभान थियो । यस स्थानमा बागमती र विष्णुमतीको दोभान थियो । यस्ता प्राचीन इतिहासको उत्खनन गर्न र नयाँ पुस्तालाई अवगत गराउन पनि अहिले उपत्यकाका स्थानीय तहहरूले सुरु गरेको अभियान अत्यन्त सकारात्मक छ र अन्य स्थानीय तहहरूले पनि यसको अनुकरण गर्नु ठीक हुन्छ । 

यस्ता अभियानले मौलिकता संरक्षणमा कस्तो प्रभाव पार्लान् ?
यो एकदमै सकारात्मक काम भएकाले यसको निकै राम्रो प्रभाव पर्छ । यसबाट विलुप्त हुन लागेको इतिहासलाई संरक्षण गर्न सहयोग पुग्छ ।

 यो अभियान मुख्य गरी के–कस्ता  विषयमा केन्द्रित हुनुपर्ला ?
अहिले बिर्सिन लागिएका ऐतिहासिक नाम ब्युँताउने काम भइरहेको छ । पछि त्यससँग जोडिएका जात्रा, पर्व, गुठी, समुदाय आदिसित सम्बद्ध पक्षको पनि खोजी गर्नु राम्रो हुन्छ । 

ad
ad