१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सामसङ ग्यालेक्सी फिट–थ्री बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५५:oo

 सामसङ नेपालले नयाँ सटीक फिटनेस ट्र्याकर ग्यालेक्सी फिट–थ्री सार्वजनिक गरेको छ । यसले अत्याधुनिक स्वास्थ्य–निगरानी राख्दै उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताइएको छ । फिट–थ्री सामसङको नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ । यसले नाडीबाट सीधै आफ्नो स्वास्थ्य र वेलनेससम्बन्धी डेटा ट्र्याक गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ । 

स्वास्थ्यबारे सोच्ने समयमा मानिसले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्ने र सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न सहयोगी बन्ने सामसङ नेपालका एमएक्स बिजनेस निर्देशक प्रणयरत्न स्थापितको भनाइ छ । ग्यालेक्सी फिट–थ्रीको नवीनतम फिटनेस ट्र्याकरले दैनिक वेलनेसलाई प्रवद्र्धन गर्ने र सबैलाई उत्कृष्ट बनाउन प्रेरित गर्ने पहुँचयोग्य स्रोतहरू प्रदान गर्ने प्रतिबद्धतालाई जोड दिएको स्थापितले बताए । 

ग्यालेक्सी फिट–थ्री नेपालभर उपलब्ध हुने बताइएको छ । ग्रे, सिल्भर, पिंक र गोल्ड रङमा उपलब्ध हुने यसको मूल्य सात हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

ad
ad