१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १ बिहीबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वित्तीय सुशासन मूल्यांकनमा पोखरा महानगरपालिका पुछारमा

Read Time : < 1 मिनेट
२०८० चैत १ बिहीबार १०:२३:००

कास्कीमा रहेका स्थानीय तहहरूको वित्तीय सुशासनको अवस्था सन्तोषजनक नरहेको पाइएको छ । जिल्ला समन्वय समिति कास्कीले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वित्तीय सुशासन जोखिम मूल्यांकनमा सबै पालिकाको वित्तीय सुशासनको अवस्था जोखिममा रहेको देखिएको हो । 

कास्कीका पाँच पालिकामध्ये रूपा गाउँपालिका ६७ अंक प्राप्त गर्दै पहिलो नम्बरमा छ । माछापुच्छ्रे  गाउँपालिका ६४.५ अंकसहित दोेस्रो, ६२ अंकसहित अन्नपूर्ण गाउँपालिका तेस्रो र चौथो स्थानमा रहेको मादी गाउँपालिकाको ६०.५ अंक रहेको जिसस प्रमुख लीलाधर पौडेलले जानकारी दिए । 

 पोखरा महानगरपालिका ६० अंकसहित पुछारमा छ । विशेष गरी तीन क्षेत्रलाई आधार मानेर वित्तीय सुशासन जोखिम मूल्यांकनको अंकभार तोकिएको छ । जसअनुसार प्रक्रियाको ५३, नतिजाको १३ र वित्तीय अनुशासनको ३४ अंक छ । 

सियारी गाउँपालिका पहिलो 
सातवटा सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मूल्यांकनबापत स्थानीय तहले प्राप्त गरेको अंकका आधारमा सियारी गाउँपालिका प्रथम भएको हो । सियारीले सातवटा सूचकमा ६९.९५ अंक ल्याएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ६९.९४ अंक ल्याएर दोस्रो भएको छ ।

संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रतिवेदन तयार पारेको थियो । सिद्धार्थनगर नगरपालिका ६६.८७ अंक ल्याएर तेस्रो भएको छ ।

कञ्चन गाउँपालिकाले ६४.४०, बुटवल उपमहानगरपालिकाले ५९.४१, तिलोत्तमा नगरपालिकाले ५७.४१, देवदह नगरपालिकाको ५५.४६ अंक ल्याएका छन् । त्यसैगरी, ओमसतियाले ५६.२६, गैडहवाले ५३.१७, रोहिणीले ५२.५४, मर्चवारीले ५२.३२, मायादेवीले ४६.८५, शुद्धोधनले ४५, सम्ममरीमाईको ४३.०५, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ४०.२९ र कोटहीमाईले ३९.४८ अंक ल्याएका छन् ।