१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ २ बुधबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

त्रिभुवन आर्मी शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:३o:oo

त्रिभुवन आर्मी क्लब कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’को शीर्ष स्थानमा उक्लेको छ । विराटनगरमा मंगलबार भएको खेलमा आर्मीले कोशीलाई पाँच विकेटले हराएँदै शीर्ष स्थानमा उक्लेको हो । पहिलो ब्याटिङ गरेको कोशीले २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ३५ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा आर्मीले १८।४ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । जितसँगै आर्मीले समूह ‘ए’ तीन खेलबाट शतप्रतिशत नतिजा निकाली सर्वाधिक ६ अंक बटुलेको छ । 

कर्णालीले चार खेलबाट समान दुई हार र जित निकाली चार अंक जोडेको छ । आयोजक कोशी दुई अंकका साथ तेस्रो स्थानमा छ । एक सय ३६ रन लक्ष्य पछ्याएको आर्मीका लागि राज दासले सर्वाधिक ३५ रनको योगदान दिए । यसैगरी, इमरान सेख र सन्तोष कार्कीले पहिलो विकेटका लागि २१ रनको साझेदारी गरेका थिए । इमरानले १५ बलमा १५ रन बनाए । सन्तोषले ३४ बलमा २४ रन जोडे । राजदासले ३२ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । मध्यक्रमका सन्दीप राजालीले १४ बलमा १४ रन र तुल थापाले सात बलमा दुई छक्का र एक चौका प्रहार गरी १८ रन बटुले । 

यसअघिको ब्याटिङमा कोशीको खराब सुरुवात भएको थियो । कोशीले पहिलो पाँच विकेट ४२ रनमा गुमाएको थियो । त्यसपछि पुछारका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि कोशीले आर्मीविरुद्ध मध्यम योगफल खडा गरेको हो । अनिल लामिछानेले २१ बलमा २१ रन बनाए । दीपेश कँडेलले ३६ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक ४० रनको योगदान दिए । 

बागमती चार विकेटले विजयी
प्रतियोगिताअन्तर्गत मंगलबार भएको अर्को खेलमा गण्डकीमाथि बागमतीले चार विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ८ विकेट गुमाएर एक सय ५० रनको बलियो योगफल बनाएको थियो । प्रत्युत्तरमा बागमतीले १९।२ ओभरमा ६ विकेटको नोक्सानीमा एक सय ५१ रन बनायो । समूह ‘बी’मा बागमतीले तीन खेलमा एक जित र दुई हारको सामना गरी दुई अंक जोडेको छ । यस समूहमा लुम्बिनीले तीन खेलमा तीन जित निकाली सर्वाधिक ६ अंक हात पारेको छ । गण्डकीले चारै खेल गुमाएको छ । बागमतीको जितमा रामनरेश गिरीले सर्वाधिक ५० रनको योगदान दिए । उनले २७ बलमा चार चौका र तीन छक्का प्रहार गरे । रविन जोशीले ३० बलमा ३२ रन बनाउन तीन चौका प्रहार गरे । यसअघि ब्याटिङ गरेको गण्डकीका लागि दिनेश बुढामगरले ४७ बलमा ६२ रनको योगदान दिए । उनले ४७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । 

ad
ad