१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

बबिना किराँतीको स्वरमा ‘आकाशैमा चिल हो कि बेसारा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३७:oo

एक दशकअघि महेश थुलुङले गाएको चर्चित गीत ‘आकाशैमा चिल हो कि बेसारा’को फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका बबिना किराँतीको स्वरमा यस गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो।

भुवन थुलुङको शब्द तथा संगीत रहेको पूर्वेली गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन्। किङ स्टुडियो र स्टुडियो २१ मा रेकर्ड भएको गीतको मिक्सिङ र मास्टररिङ राजु कार्कीले गरेका छन्।

पूर्वका रमणीय ठाउँहरूमा छायांकन गरिएको भिडियोको निर्देशन राजेशपुमा राईले गरेका हुन्। गायिका किराँती, सम्राट अधिकारी, अनिश मगर, सृष्टि सुब्बा, रश्मी आलेमगरलगायतका कलाकारलाई भिडियोमा फिचरिङ गरिएको छ।

इसाक जबेगुले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्। यसअघि किराँतीको चरी भए, ओई भन्यो मायाले, चाइनाको रेल, बेचिदिन्थेँ यो जवानीलगायतका गीत सार्वजनिक भइसकेका छन्।

ad
ad