१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भन्सार निरीक्षण र नियन्त्रण आफ्नो कार्यक्षेत्रमा नपर्ने टिआइएको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२३:oo

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) कार्यालयले सुनलगायत भन्सार निरीक्षण र नियन्त्रण आफ्नो कार्यक्षेत्रमा नपर्ने जनाएको छ । विमानस्थलको सेवा प्रवाह र विभिन्न निकायबीचको समन्वयबारे पूर्वाग्रही र तथ्यहीन सूचना सम्प्रेषण भइरहेको भन्दै विमानस्थल प्रमुख प्रतावबाबु तिवारीले विज्ञप्ति जारी गरेर आफ्नो कार्यक्षेत्रभित्र विमानस्थलको पूर्वाधार सुधार रहेको प्रस्टीकरण दिएका छन् ।

‘हामीले भन्दै आएका छौँ कि सुनलगायत भन्सार निरीक्षण र नियन्त्रण हाम्रो कार्यक्षेत्र होइन,’ महाप्रबन्धक तिवारीले विज्ञप्तिमार्फत भनेका छन्, ‘विमानस्थल कार्यालयले हेर्ने भनेको विमानस्थलको पूर्वाधार सुधार हो ।’ बढ्दो यात्रु चापलाई मध्यनजर गरेर कार्यालयले भन्सार क्षेत्र विस्तार गरेसँगै सेवा प्रवाहमा समेत सुधार भएको यात्रुबाट प्रतिक्रिया आइराखेको विमानस्थल कार्यालयको दाबी छ ।

‘विमानस्थलको सेवा प्रवाहमा जिम्मेवार कुनै पनि निकायले कमिकमजोरी गर्न मिल्दैन, यसका लागि सम्पूर्ण निकायलाई जिम्मेवार ढंगले सेवा प्रवाह गर्न विमानस्थल प्रमुखको हैसियतले अनुरोध पनि गर्दै आएका छौँ,’ तिवारीले स्पष्ट पारेका छन्, ‘हामीले विमानस्थलसँग सरोकार राख्ने सम्पूर्ण निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने हो, समस्याको समाधानमा सम्बन्धित निकायको अहं भूमिका रहन्छ, अतः समन्वय र समाधान एउनै विषय होइन ।’ अन्तर्राष्ट्रिय विमानस्थलमा २५ भन्दा बढी सरोकारवाला निकायसहित एक सय ७० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न निकायहरूको आबद्धता रहने कार्यालयले जनाएको छ ।

सहसचिवस्तरकै प्रमुख रहने अध्यागमन र भन्सार कार्यालय आ–आफ्नै ऐन–कानुनअनुसार निर्देशित भई सञ्चालनरत छन् । विमानस्थल प्रमुखको चेन–अफ कमान्डभित्र नपर्ने अन्य मन्त्रालयअन्तर्गतका निकायसँग सेवा प्रवाहका सम्बन्धमा विगतदेखि नै समन्वयकारी भूमिका निर्वाह गर्दै आएको महाप्रबन्धक तिवारीले प्रस्ट पारेका छन् । 

जहाज होल्डिङ घट्यो
कार्यालयले विशेष अवस्थामा बाहेक जहाजहरूको एयर होल्डिङ घटेको दाबी गरेको छ । यस्तै, आन्तरिक आगमन टर्मिनलको छुट्टै भवन बनाई थप ब्यागेज बेल्टको व्यवस्था गरेको, यसै वर्ष नयाँ ट्रलीको व्यवस्था गरिएको, १२ जनासम्म अट्ने लिफ्ट जडान भएको, यात्रु सहायता कक्ष निर्माण गरिएको, विमानस्थल परिसरभित्र निःशुल्क विद्युतीय बसको व्यवस्थालगायत काम सम्पन्न भएको महाप्रबन्धक तिवारीले बताए । 

ad
ad