१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पार्टीले एक ढिक्काका साथ उम्मेदवार बनाएको छ : सांसद शर्मा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:४९:oo

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताएका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गरे। उनले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढंगबाट कार्यसम्पादन गर्ने बताए।

शर्माले भने, ‘लोकतन्त्रमा कसैको जित वा हार हुँदैन। सबै जित्छन्, सबै हार्छन्। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलोपटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन।’

उनले आफू मुलुकमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा ०२४ सालमा जेल परेको, २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य रहेको, ०२५ सालमा बिपी कोइरालासँग प्रशिक्षण लिएको, कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा उपसभापतिको जिम्मेवारीमा रहेको उल्लेख गरे।

०३३ मा जिल्ला समिति सदस्य, ०४५ सालमा बाँके जिल्लाको पार्टी सभापति, लोकतन्त्रका लागि भएको सबै आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको जानकारी दिए। पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रिय सभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षकाे उम्मेदवार बनाएको प्रतिक्रिया दिए।

ad
ad