Skip This
उच्च अदालत दिपायलका रजिस्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २७ आइतबार
  • Saturday, 27 July, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o फाल्गुण २७ आइतबार १८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च अदालत दिपायलका रजिस्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

झन्डै ५ लाख हिनामिना गरेको पुष्टि

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २७ आइतबार १८:o९:oo

उच्च अदालत दिपायलका रजिस्ट्रार रणबहादुर कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको हो।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले कटवाललाई दोषी ठहर गरेको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार कटवाललाई नौ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ। बिगोबमोजिम रकम असुलउपरसमेत हुने फैसलामा उल्लेख छ।

कटवालले श्रीमतीको नाममा काल्पनिक कागजात तयार गरी हलुका सवारीचालक र कम्प्युटर अपरेटरका रूपमा करारमा राखी त्यसबापत पारिश्रमिक भुक्तानी लिने प्रयास गरेका थिए। त्यस क्रममा एक लाख १२ हजार रुपैयाँका लागि लेखा शाखामा प्रस्तुत गरेको भेटिएको थियो।

साथै, विभिन्न शीर्षकमा उनले अदालतबाट झन्डै पाँच लाख रुपैयाँ हिनामिना गरेको भेटिएको थियो। जसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौमा मुद्दा दायर गरेको थियो।