१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

महाशिवरात्रिमा जलेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुको घुइँचो [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२५:oo

महाशिवरात्रिको अवसरमा महोत्तरीको जलेश्वरनाथ मन्दिरमा भक्तजनको भिड लागेको छ। प्रमुख शिवालयमध्ये एक मानिने बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्न बिहान १ बजेदेखि नै भक्तालु लाइनमा लागेका थिए।

जलभित्र विराजमान जलेश्वरनाथ महादेवको दर्शन सहज बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, आमनागरिक र पूजा व्यवस्थापन समिति तथा स्वयंसेवकहरू बाल्टीले गुफाभित्रको जल निकाल्न व्यस्त छन्।

श्रद्धालुको सहजताकै लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र एनसिसी क्याडेटहरू तथा स्वयंसेवकहरू सयौँको संख्यामा परिचालन गरिएका छन्। महोत्तरीको जलेश्वर नगरपालिका– १ स्थित जलेश्वरनाथ महादेव मन्दिरमा बिहीबार मध्यरात्रिदेखि नै शिवलिंगमा जल चढाउनेहरूको भिड देखिएको छ।

शिवरात्रिको अवसरमा जलेश्वरनाथ महादेवका साथै टुटेश्वरनाथ महादेव तथा अन्य विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

नेपाल रेडक्रस सोसाइटी, नगरपालिका, स्वास्थ्य कार्यालयलगायतका संयुक्त सहयोग तथा विभिन्न संस्थासमेतको सहयोगमा  मेडिकल क्याम्प, हेल्पडेस्क  गायत सञ्चालन गरिएको छ। यता शिवरात्रिको सुरक्षा व्यवस्था कडा पारिएको छ।

आजै नेपाली सेनाले २६१औैँ स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर, प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजन गरेको छ। 

 

 

ad
ad