१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाठेघरको मुखको क्यान्सरविरुद्ध राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:११:oo

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र रोकथामका लागि थेरापीसम्बन्धी सचेतना अभियान सञ्चालन हुने भएको छ।

मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अस्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागले संयुक्त रूपमा देशभर पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना अभियान सञ्चालन गर्न लागिएको हो।

सचेतना अभियान यही मार्च महिनादेखि सुरु हुने र ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिने बताइएको छ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा ठूलो समस्याको रूपमा देखिएको छ। स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार सन् २०२२ मा २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने एक हजार ३१३ महिलाले ज्यान गुमाएका थिए।

सचेतना अभियानको पहुँच र प्रभाव बढाउन एनसेल, मेरी स्टोप्स इन्टरनेसनल नेपालको सेन्टरलगायत सामुदायिक सञ्जालको उपयोग गरिने बताइएको छ। यसका साथै पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी प्रवाह गर्न सञ्चारका विभिन्न माध्यमको प्रयोग गरिने बताइएको छ।

क्यान्सरको सचेतनाका लागि आमसञ्चार माध्यमद्वारा व्यापक सचेतना अभियान, प्रभावकारी सूचना सम्प्रेषणका लागि सम्बन्धित संघसंस्थाहरूसँग रणनीतिक साझेदारी, विशेष टक सो, सचेतनामूलक भिडियो निर्माण तथा प्रसारण र एनसेलसँगको सहकार्यमा वाकाथन गर्ने तयारी छ।

ad
ad