१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

११ महिना लामो सहकार्य तोडियो, बागमतीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:२८:oo

११ महिना लामो सत्ता सहकार्य तोड्दै कांग्रेस बागमती प्रदेशको सरकारबाट बाहिरिएको छ । केन्द्रीय तहमा कांग्रेसबाहेकको नयाँ गठबन्धन बनेपछि कांग्रेस प्रदेश सरकारको सत्तासमीकरणबाट बाहिरिएको हो ।यससँगै कांग्रेसका तर्फबाट प्रदेश सरकारमा रहेका ६ जना मन्त्रीले राजीनामा दिएका छन् । कांग्रेसका ६ जना मन्त्रीले बुधबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर सामूहिक राजीनामा दिएका हुन् । 

प्रदेशमा कांग्रेसका संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशीले पदबाट राजीनामा दिएका हुन् । 

माओवादी केन्द्र, एमाले र राप्रपाको संयुक्त सरकारबाट गत १० चैतमा राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि कांग्रेसको समर्थनमा मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको थियो । उक्त सरकारमा २५ चैतमा कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको थियो । संसदीय दलका नेता लामा आर्थिक मामिला तथा योजनामन्त्री र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको रूपमा तीर्थ लामा सरकारमा सहभागी भएका थिए ।

त्यसयता उद्योग, वाणिज्य तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, वनमन्त्री मसिना खड्का र स्वास्थ्यमन्त्री उत्तम जोशी गत ७ जेठमा कांग्रेसका तर्फबाट मन्त्री नियुक्त भएका थिए । मन्त्रीहरूको राजीनामासँगै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई १० चैतमा दिएको समर्थन पनि फिर्ता लिएको छ । कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

राजीनामा बुझाएपछि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले केन्द्रीय सत्तागठबन्धनबाट पार्टी बाहिरिएसँगै प्रदेशमा आफूहरूले राजीनामा दिएको बताए । अहिले सरकारबाट बाहिरिए पनि कांग्रेस बागमती प्रदेशमा सरकारको होडबाट बाहिरिइनसकेको उनको दाबी छ । 

नेता लामाले कांग्रेस प्रदेश सरकारमा नेतृत्व गर्ने गरी गठबन्धन बनाउन लाग्ने बताए । ‘केन्द्रमा समीकरण बदलिए पनि प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको सम्भावना कायमै छ । हामी त्यसका लागि पहल गर्छौँ,’ उनले भने । नयाँ बनेको गठबन्धनबाट बाहिर रहेका दलहरूसँग छलफल गरेर प्रदेशमा कसरी अगाडि बढ्ने भन्ने निर्क्याेल गर्ने नेता लामाको भनाइ छ ।
 

ad
ad