१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राजनीतिसँगै सेयरबजारका उतारचढावपूर्ण तीन दिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१o:oo

सेयर बजारप्रति निराश देखिँदै आएका लगानीकर्तामा पछिल्लोराजनीतिकपरिवर्तनले उत्साहित बनाएको हो । सत्तागठबन्धनको विकसित घटनाक्रमलाई अध्ययन गर्दैै सेयर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । सोमबार सत्ता राजनीतिमा आएको हलचलले सेयर बजारमा तीनपटक सर्किट ब्रेक लागेर बन्द भएको थियो । सोमबार नेप्से सूचक एक सय १७ दशमलव ७० अंकले बढेर दुई हजार ७८ विन्दुमा बन्द भएको थियो ।

लगानीकर्ताले निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारलाई नीतिगत रूपमा कस्न खोजेको लिँदै आएका थिए । अर्कोतर्फ, एमालेसहित बनेको गठबन्धनमा सेयर बजार बढ्छ भन्ने मनोवैज्ञानिक कारण पनि आइतबारबजारमा सर्किट ब्रेक लागेको लगानीकर्ताहरूको भनाइ छ ।

सोमबार उच्च अंकले बढेको बजार मंगलबार भने परिसूचक ७० दशमलव ३१ अंकले घटेको थियो । लगानीकर्ता छोटेलाल रौनियारले मंगलबार नेप्से सूचक करेक्सन रहेको र बुधबार बजार पुनः लयमा आइपुगेको बताए । बुधबार नेप्से सूचक ९ दशमलव ३३ अंकले बढेर दुई हजार १७ दशमलव ०३ विन्दुमा आइपुगेको छ । यस दिन नेप्से सूचक घटेर एक हजार नौ सय ९२ दशमलव ३४ बाट पुनः फर्किएर उच्चतम् दुई हजार ३६ दशमलव ३२ विन्दुसम्म आइपुगेको हो । 

बुधबार सामान्य बढेको बजारमा डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, गोर्खाज फाइनान्स र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ दशमलवदेखि ८ दशमलव ७० प्रतिशतसम्म बढेको छ । 

धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका तीन सय ८ कम्पनीको ९१ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयल, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट इन्डस्टी,एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सात करोड रुपैयाँदेखि ३३ करोड ३७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

सामान्य बढेको बजारमा सर्वाधिक घट्ने कम्पनीमा मोलुङ हाइड्रोपावर कम्पनीको ९ दशमलव ७१ अंकले घटेको छ । ग्लोबल आइएमई ब्यालेन्स फन्ड, गुराँस लघुवित्त वित्तीयसंस्था, विपिडब्लू वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको २ दशमलव ८४ प्रतिशतदेखि ५ दशमलव ५४ प्रतिशतले घटेको छ ।
 

ad
ad