१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ सत्तासमीकरणबारे आन्तरिक छलफलमा जसपा र जनमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:oo:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ।

पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरूबीच छलफल गरेको हो। 

बैठकमा मधेश प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेकाे जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए।  

‘आजको बैठकमा सबै नेताले मधेश प्रदेश सरकारको निरन्तरताको प्रत्याभूति खोजे भने सोहीअनुरूप आफ्नो धारणा पनि राखे। परिस्थिति अत्यन्तै तरल छ, यसको टुंगाे लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ,’ उनले भने। 

प्रवक्ता सुमनका अनुसार सत्तासाझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ। 
    
जनमत पार्टीले पनि मधेश प्रदेश सरकारको विषयमा टुंगो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री हाम्रो ‘बटममलाइन’ हो। पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ।’

ad
ad