१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भानुभक्त जन्मस्थललाई संघीय सरकारमातहत राख्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२४:oo

भानु नगरपालिकाकाे चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई संघीय सरकारमातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ।

नेपालीको भाषिक एकताको प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समितिलाई नेपाल सरकारको स्वामित्वमा राख्ने गरी सञ्चालन गर्न नगरपालिकाले निर्णयसहित माग गरेको हो।

आचार्यको जन्मस्थल क्षेत्रको महत्व संकुचनमा पर्ने हुँदा उक्त क्षेत्रलाई बृहत्तर सोचका साथ विकास गर्न पुनः विकास समिति ऐन, २०१३ बमोजिम गठन र सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

गत माघ २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन आदेश, २०७७ खारेज गरी उक्त आदेशबमोजिम खारेजीमा परेको संस्थाको सम्पत्ति, दायित्व, काम गर्न बाँकी रहेका परियोजना तथा कार्यरत जनशक्तिलाई नगरपालिकाले अविलम्ब स्वमित्व ग्रहण गर्न संघीय सरकारमार्फत पत्र प्राप्त भएको थियो। 
 

ad
ad