१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार ११:०४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

 त्रिदेशीय टी–२० शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, ब्याटिङ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २२ मंगलबार ११:०४:००

त्रिदेशीय टी–२० शृंखलाको फाइनलमा खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् । 

नेदरल्यान्ड्सले सुरुवाती बलिङ गर्नेछ । फाइनलमा नेपालले कुनै पनि परिवर्तन गरेको छैन । यसअघिको दुई भेटमा नेपाल र नेदरल्यान्ड्सले समान एक जित निकालेका छन् । 

तालिकामा नेदरल्यान्ड्स शीर्ष स्थान, नेपाल दोस्रोमा रहँदै फाइनलमा स्थान बनाएका थिए । नामिबिया भने पुछारमा रहँदै बाहिरिएको थियो ।