१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
प्रदीप ज्ञवाली, उपमहासचिव, एमाले 
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

अहिले प्रचण्डले नै नेतृत्व गर्ने कुरा छ, आवश्यकताअनुसार भोलि निर्णय होलान् : प्रदीप ज्ञवाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३१:oo

नयाँ गठबन्धन बन्ने आधार कसरी बन्यो ?
यसमा तीनवटा कारण देख्छु । पहिलो, विभिन्न घटनाक्रममा कांग्रेस र प्रधानमन्त्रीबीच दूरी बढ्दै गयो । कोशीमा मुख्यमन्त्रीको प्रश्न, राष्ट्रिय सभाको निर्वाचन, केही विवादित मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन चाहँदा हटाउन नसकेको स्थिति र केही सेवाप्रवाहका र केही सुधारका काम गर्न खोज्दा कांग्रेसबाट सहयोग नपाएकोजस्ता विभिन्न प्रश्नमा सुरु भएको अन्तरविरोध बढ्दै गएर अविश्वासको तहमा पुगेको हो ।

दोस्रो, एमालेले गठबन्धन देशका लागि बोझ भयो, यसको विकल्प खोज्नुपर्छ भनेर सचेतनापूर्वक बाहिर चर्चा नगरी प्रयास गरेको थियो । त्यसको परिणाम पनि हो । तेस्रो, साझा अनुभूति पनि हो । जनतामा ठूलो निराशा छ । समाजमा नयाँ–नयाँ खालका समस्या, चुनौती, अन्तरविरोध चर्किँदै गएका छन् । यही ठीक ढंगले सुशासन, सेवाप्रवाह र विकासलाई गति नदिने हो भने यसले अन्ततोगत्वा हाम्रो लोकतन्त्र र मुलुकको अस्तित्व नै जोखिममा पार्न सक्ने अनुभूतिसहित नयाँ गठबन्धन बनेको हो ।

प्रधानमन्त्रीमा आलोपालो कि पूरै कार्यकाल प्रचण्ड नै ? 
हामी एउटा पृष्ठभूमिबाट आयौँ । छिटो–छिटो सरकार परिवर्तनले जनतामा पनि एकखालको निराशा उत्पन्न हुने, राजनीति भनेकै केवल सत्ताको भागबन्डा हुने भन्ने गलत सन्देश जाने, त्यसले दातृ निकाय, विदेशी लगानीकर्ता, निजी क्षेत्र र समग्र प्रशासनमा एकखालको अस्थिरताको सन्देश जाने भएकाले अहिले हामी त्यो विषयमा प्रवेश गरेका छैनौँ । आवश्यकताअनुसार भोलिका दिनमा निर्णय होलान् । अहिलेचाहिँ प्रधानमन्त्री प्रचण्डले नै नेतृत्व गर्ने कुरा छ । 

गठबन्धनको स्थायित्वको आधार के छ ?
राजनीतिक दलहरूका सामु विकल्पहरू साँधुरिँदै गएका छन् । यदि, ठीक ढंगले डेलिभरी नदिने हो भने त्यसले मुलुकमा निकै ठूलो अनिष्ट निम्त्याउन सक्ने बोध हामी सबैलाई छ । जनताले गरेका खबरदारी, गुनासा, असन्तुष्टि र लोकतन्त्रमाथि बढ्दै गएका चुनौती मुख्य कारण हुन् । जसले जिम्मेवार राजनीतिक दलहरूलाई परिपक्व ढंगले र सुझबुझका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ ।

दोस्रो, हामीले विगतमा कतिपय घटनाक्रमबाट पाठ पनि सिकेका छौँ । त्यसले आगामी दिनमा त्यो ढंगका गल्ती नगर्नका लागि सहयोग पुर्‍याउँछ भन्ने लाग्छ । विभिन्न विषयमा इस्युहरू रहन सक्छन्, तिनीहरूमा छलफल गर्दै अगाडि बढ्ने हाम्रो समझदारी छ ।

ad
ad