Skip This
आरएसडिसी लघुवित्तको तालिम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण २१ सोमबार १२:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आरएसडिसी लघुवित्तको तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १२:१४:oo

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक संरक्षण कोषअन्तर्गत आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभागअन्तर्गत कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिएको छ । संस्थाले बुटवलमा एकदिने ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण’ विषयक तालिम दिएको हो । 

लघुवित्त क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाको सामना गर्दै लघुवित्त क्षेत्रको स्थायित्वका लागि कर्मचारीको मनोबल उच्च राख्न, ज्ञान, सीप साथै क्षमताको अभिवृद्धिका लागि तालिम दिएको संस्थाको भनाइ छ । विभिन्न साझेदार लघुवित्त संस्थाहरूमा कार्यरत कर्मचारीलाई निरन्तर रूपमा संस्थाले ग्राहक संरक्षण कोषअन्तर्गत प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आइरहेको उल्लेख छ । त्यस प्रकारका तालिम–कार्यक्रम यस आर्थिक वर्षभरि नै आयोजना हुने संस्थाको भनाइ छ । 

सहभागीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडेलले तालिम दिएको जनाइएको छ । तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, कर्जा व्यवस्थापन, असल ग्राहक सम्बन्ध, कर्मचारी उप्त्प्रेरणा, नेतृत्व विकास र बैंकिङ कसुर र परिमाणको विषयमा केन्द्रित रहेको संस्थाले जनाएको छ । नाडेप लघुवित्त वित्तीय संस्थाका १९ जना, महिला लघुवित्तका १५ जना, धौलागिरि लघुवित्तका ११ जना र आरम्भ चौतारी लघुवित्तका १० जना गरी कुल ५५ जना कर्मचारीलाई तालिम दिएको संस्थाले उल्लेख गरेको छ ।