Skip This
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण २१ सोमबार १o:o५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १o:o५:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धको शिक्षा विश्वव्यापी बनाउन ध्यान दिवस घोषणा गराउन पहल गर्ने बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहमा उनले यसबारे आफूले प्रधानमन्त्रीसँग छलफल गरेर ‘इन्टरनेसनल मेडिटेसन डे’का रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्ने जानकारी दिए । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो । 

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको लुम्बिनी भ्रमणका अवसरमा काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रूपमा रहेको ध्यान विधिलाई योग दिवसजस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको श्रेष्ठले सुनाए । ‘कुन डे भन्ने छलफल गरौँला, तर मेरो हृदयमा भएको ध्यान दिवसबारे सरकारले प्रस्ताव लैजान्छ,’ उनले भने । उनले मेडिटेसनलाई गृह मन्त्रालयले सुरुवात गरिसकेको समेत बताए ।

मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरूपान्तरणले मात्रै सुशासन र अपराध न्यूनीकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने बताए । ‘गृह मन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान सुरुवात नै गरिसकेका छौँ । अब कारागारमा पनि ध्यान विधि सुुरुवात गराउने अभियानमा छौँ,’ उनले भने । 

बुद्धले शान्ति र मानव जीवनलाई अगाडि बढाउन ‘आफैँलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसात् गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको आग्रह छ । त्रिपिटक गौतम बुद्धको शिक्षाको भण्डार भएको उनले बताए । विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको श्रेष्ठले बताए ।

त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट समेत आफूले सहयोग गर्ने उनले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धको दर्शन र विचारलाई विश्वले अंगीकार गरेकाले त्यसलाई फैलाउन त्रिपिटकजस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताए । उनले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरूको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने विचार राखे ।