कानुन समितिको बैठक स्थगित

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

टिआरसी विधेयक टुंग्याउन सोमबार बिहान ८ बजे बोलाइएको बैठक स्थगित भएको छ ।

राजनीतिक समीकरण फेरबदलको दौडधुपबीच मन्त्री र सचेतकहरू उपस्थित नभएपछि सभापति विमला सुवेदीले बैठक स्थगित गरेकी हुन्  ।

टिआरसी विधेयकमा अब दुईवटा विषय मिल्न बाँकी छ। थाती चारमध्ये दुईवटा विषय आइतबार समितिले टुंग्याएकाे थियाे ।

सुझावित समाचार