भन्सार छली भित्र्याइएकाे दुई लाख रुपैयाँको कपडा बरामद

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको दुई लाख रुपैयाँबराबरको अवैध कपडा बरामद गरेको छ।

जिल्लाको बहादुरगन्ज र मर्यादापुरमा चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

वरिष्ठ सइ शिवकुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगन्जको प्रहरी टोलीले कृष्णनगर नगरपालिका– ८ बाट एक लाख ३० हजार मूल्यबराबरको कपडा बरामद गरेको हो। पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, यशोधरा गाउँपालिका– ७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको छ। भन्सार छलीको उक्त साडीको अनुमानित मूल्य ७० हजार रहेको छ। बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार