१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

११ अंकले घट्यो नेप्से सूचक, दुई अर्बको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:o९:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर एक हजार नौ सय ६०.३० विन्दुमा आइपुगेको छ। तीन दिनदेखि नेप्से सूचक निरन्तर घटिरहेको छ।

कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये होटेल तथा पर्यटन समूह र उत्पादनमूलक समूहको सूचकबाहेक ‘अन्य’ समूहको सूचकमा गिरावट आएको छ। घटेको बजारमा चिरख्वा हाइड्रोपावर र कामना सेवा बैंकको ऋणपत्रको सेयर मूल्य सात प्रतिशतले घटेको छ भने बिपिडब्लु वित्तीय संस्था, बटलर नेपाल तराई र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य पाँच प्रतिशतले घटेको छ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय ९ कम्पनीको ५५ लाख ७४ हजार कित्ता सेयर खरिद-बिक्री हुँदा दुई अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ कारोबार भएको छ।

सर्वाधिक कारोबार हुुने कम्पनीमा सोनापुर मिरल्स एन्ड आयल्स रहेको छ। शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बटलर नेपाल (तराई), जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पाँच करोड रुपैयाँदेखि ९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ।

घटेको बजारमा पनि ग्लोबल आइएमई बैंक, एनआइसी एसिया ग्रोथ फन्ड, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, बोटलर नेपाल (बालाजु) र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर २.८२ प्रतिशत देखि ९.७० प्रतिशतसम्मले बढेको छ।

ad
ad