Skip This
भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
२o८o फाल्गुण २० आइतबार १३:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १३:२७:oo

भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्त्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ। मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिनअघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ।

चीननिकट मानिने माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ।

पूर्व–पश्चिम अन्तर्राष्ट्रिय जलमार्गमा फैलिएको उक्त द्वीप समूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशंकित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’लाई विस्तार गर्ने भारतीय नौसेनाले शनिबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

मुइज्जुले भारतलाई माल्दिभ्समा रहेका ८९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाउन आग्रह गरेका छन्। भारतीय योजनाअनुसार पहिलो जत्था मार्च १० भित्र भारत प्रस्थान गर्ने र सबै दुई महिनाभित्र स्वदेश फिर्ता हुनेछन्। 

भारतको लक्षद्वीप टापुमा मार्च ६ मा खुल्ने नयाँ सैन्य शिविरले विद्यमान सानो टुकडीलाई ‘स्वतन्त्र नौसैनिक एकाइ’ मा परिणत गर्नेछ। भारतको लक्षद्वीप टापु माल्दिभ्सबाट लगभग १३० किलोमिटर उत्तरमा अवस्थित छ र मिनिकोय टापुमा नयाँ नौसैनिक शिविर रहेको छ।

भारतीय नौसेनाको लक्षद्वीप टापु कवारत्तीमा पहिलेदेखि नै शिविर छ, तर नयाँ शिविर माल्दिभ्सबाट लगभग २५८ किलोमिटर (१६० माइल) नजिक हुनेछ।

‘मिनिकोय लक्षद्वीपको सबैभन्दा दक्षिणी टापु हो, जसले सञ्चारको महत्त्वपूर्ण समुद्री रेखालाई समेटेको छ,’ भारतीय नौसेनाले भनेको छ। यस शिविरले समुद्री डकैती र लागुऔषधविरोधी अभियानलाई बढावा दिनेछ र यो ‘रणनीतिक रूपमा महत्त्वपूर्ण’ टापुहरूमा सुरक्षा पूर्वाधार बढाउने नीतिको एक भाग हो। (रासस/एएफपी)