१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२४:oo

राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए। विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो। छलफलमा सांसदहरू रमेशजंग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए।

त्यस्तै, बैठकले राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली, २०८०  पारित गरेको छ। समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव पेस गरेका थिए। त्यसमाथि सांसदहरू प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा. विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखे।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभामा सदस्यको तर्फबाट ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुमगन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे।

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्या‌ंकन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे।

त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० सभामा पेस गरिन् । राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २१ गते १ः१७ बजे बस्नेछ। 
 

ad
ad