१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

काठमाडौंका सम्पदा चिनारी अब क्युआर कोडमार्फत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४५:oo

काठमाडौंको नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाबिहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिन क्युआर कोड राखिएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाऊन् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग गर्न थालेको हो ।

‘घुम्न आउने सबैजसोसँग स्मार्ट फोन हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा–पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय कसैलाई सोध्नुनपरोस् भनेर कोडको विकास गरेका हौँ,’ काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । वडाभित्र चारवटा प्राचीन ढुंगेधारा छन् । यस वडामा नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु, आधा शिव), साई केन्द्र, सोराहिटी (तीनधारा), जमल बिहार, लाल गणेशजस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् । 

वडासचिव सर्वज्ञराज पौडेलका अनुसार ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरू वडा नम्बर १ का विभिन्न मन्दिर, ढुंगेधारा, महाबिहारजस्ता सम्पदा क्षेत्रमा पनि आउँछन् । उनीहरूलाई स्मारकका बारेमा बुझ्न सहज होस् भनेर प्रयोगका रूपमा सुरुमा दुईवटा मन्दिर र एउटा महाबिहारको चिनारी क्युआर कोडमा राखेका हौँ । यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउनेछौँ । वडाले द सारंगको प्राविधिक सहयोगमा क्युआर कोड राखेको हो । क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मनी, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरबिक गरी १० भाषामा अडियो पनि सुन्न सकिन्छ । 

ad
ad