१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
दीपक शर्मा सल्यान
२o८१ जेठ ३ बिहीबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आठ महिनामा सल्यानमा ५० दुर्घटना, १२ को मृत्यु

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ जेठ ३ बिहीबार १o:२३:oo

सल्यानमा चालू आर्थिक वर्षको आठ महिनामा ५२ सवारीसाधन दुर्घटनामा परेका छन् । ती दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ६ पुरुष, पाँच महिला र एक बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका वरिष्ठ प्रहरी हवल्दार दीपक बोहराले जानकारी दिए ।

वरिष्ठ प्रहरी हवल्दार बोहराले भने, ‘चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा सल्यान जिल्लाभित्र ५२ सवारीसाधन दुर्घटना भएको पाइएको छ । ती दुर्घटनामा ठूलो मानवीय क्षति पनि भएको छ । यसक्रममा १२ जनाले ज्यान गुमाएका छन्, झन्डै डेढ सय घाइते भएका छन् ।’ आठ महिनाको अवधिमा भएका दुर्घटनामा परेर ४६ जना गम्भीर तथा ९५ जना सामान्य घाइते भएको उनले बताए । चालू आर्थिक वर्षको साउनदेखि फागुन १५ सम्म २० मोटरसाइकल, बस, जिप, कार, ट्र्याक्टर ६–६ पटक दुर्घटनामा परेका छन् । यस्तै, ट्रक चारपटक र अन्य सवारीसाधन आठपटक गरी ५२ पटक दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । 

सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण
दुर्घटनाका कारण ठूला मानवीय र भौतिक क्षति भइरहेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना दिन जिल्ला प्रहरी कार्यालय सल्यानले सडकमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । सडक सुरक्षा चाँज अभियानअन्तर्गत प्रहरीले राप्ती राजमार्ग र छिन्चु–जाजरकोट सडकखण्डमा गुड्ने सवारीसाधनका चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरेको हो ।

सडकमा निःशुल्क गरिएको स्वास्थ्य शिविरमा सुगर, ब्लडप्रेसर र आँखा चेकजाँज गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । स्वास्थ्य परीक्षण गर्दा अधिकांश सुगर र प्रेसरका बिरामी पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । सवारी दुर्घटना रोक्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले चालकको स्वास्थ्य परीक्षणका साथै यात्रुहरूलाई सचेतनामूलक सन्देश प्रवाह गर्ने कार्य भइरहेको बताए । 

ad
ad